काठमाडौं- पेट्रोलियम पदार्थको मूल्यवृद्धिबारे उद्योग तथा वाणिज्यमन्त्री दिलेन्द्र प्रसाद बडुूले स्पष्टीकरण दिएका छन्।
प्रतिनिधि सभामा सार्वजनिक महत्त्वका विषयमा विशेष समय लिएर त्यसबारे भ्रामक र तथ्यहीन सूचना सार्वजनिक भइरहेको बताए।
उनले जेठ ९ गतेदेखि लागू हुनेगरी सरकारले गरेको मूल्यवृद्धिपछि पनि आयल निगम मासिक ६ अर्ब ७१ करोड घाटामा रहेको बताएका छन्। बडूले पेट्रोलमा १४ रुपैयाँ ६४ पैसा प्रतिलिटर घाटा रहेको बताए। यसले पेट्रोलमा मासिकक २ अर्ब घाटा रहेको मन्त्री बडूले बताए।
त्यसैगरी, डिजेलमा २६ रुपैयाँ ८२ पैसा घाटा हुँदा मासिक ३ अर्ब ३९ करोड घाटा रहेको र एलपी ग्यासमा प्रतिसिलिन्डर ८ सय ७९ घाटा रहेको बताएका छन्।
मट्टितेल र हवाइ इन्धनमा मासिक ६० करोड नाफा रहेको बताउँदै ६ अर्ब ७१ करोड नेपाल आयल निगमले घाटा ब्यहोरिरहेको उनको भनाइ छ।
निगम अहिलेसम्म ४७ अर्ब घाटामा रहेको बताउँदै २२ अर्ब ४० करोड रुपैयाँ भारतलाई तिर्न बाँकी रहेको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।