काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले कार्यसम्पादन समितिको बैठक बोलाएको छ। बैठक आज शुक्रबार काठमाडौंमा बस्ने छ।
हालै सम्पन्न स्थानीय तहको निर्वाचनको समीक्षाका साथै समसामयिक विषयमा छलफल हुने उक्त बैठकमा प्रदेश प्रमुखले आफ्नो क्षेत्रका उम्मेदवारलाई सफल बनाउन गरेका प्रयासबारे जानकारी गराउने महामन्त्री भुवन पाठकले जानकारी दिए।
महामन्त्री पाठकको संयोजकत्वमा गठन गरिएको निर्वाचन परिचालन समितिको यसअघिको बैठकले मतदाता र उम्मेदवारलाई धन्यवाद तथा स्थानीय तहको निर्वाचनमा विजेतालाई बधाई ज्ञापन गरेको थियो।
राप्रपाबाट तीन नगरपालिका प्रमुख, नगरपालिका र गाउँपालिकामा चार उपप्रमुख, ६४ वडाध्यक्ष र ३०० भन्दा बढी सदस्य निर्वाचित भएका बताएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।