काठमाडौं- काठमाडौं महानगरपालिकाको प्रमुखमा निर्वाचित बालेन (बालेन्द्र) साहले शुक्रबार धन्यवाद सभा गर्दैछन्।
शुक्रबार बिहान टुँडीखेलमा बालेनको धन्यवाद सभा हुने उनका समर्थक तथा कलाकार अर्जुन घिमिरेले जानकारी दिए। त्यसअघि अहिले केहीबेरमा बालेनका समर्थकहरू प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभागृह क्षेत्रमा भेला हुनेछन्।
त्यसपछि र्याली निकालिनेछ। र्याली सभागृहबाट भद्रकाली, सहिद गेट, त्रिपुरेश्वर हुँदै टुँडिखेलमा पुग्नेछ।
वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा बालेनले स्वतन्त्र उम्मेदवारी दिएर महानगरको प्रमुख निर्वाचित भएका हुन्।
निकटतम प्रतिद्वन्द्वीभन्दा सुरुदेखि नै निकै मतको अग्रता बनाइरहेका साह विजयी भएका हुन्। महानगरको मतगणना बिहीबार राति सकिएको थियो। तर, निर्वाचित भएको औपचारिक घोषणा भने बिहा ८ बजे गर्ने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
महानगरको उपमेयरमा नेकपा एमालेकी सुनिता डंगोल भारी मतसहित विजयी भएकी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।