काठमाडौं- काठमाडौं महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उमेदवार बालेन साह विजयी भएका छन्।
वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचन अन्तर्गत महानगरको मतगणना बिहीबार राति सकिएको हो। वडा नम्बर १४ को मतगणना सकिसँगै महानगरले नयाँ नेतृत्व पाएको हो।
महानगरको उपमेयरमा नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोल विजयी भएकी छन्। महानगरको मत गणना सकिए पनि औपचारिक घोषणा शुक्रबार बिहान गर्ने तयारी गरिएको छ।
बिहान ६ बजे अन्तिम मतपरिणामबारे घोषणा भएपछि विजयी र्याली आयोजना गर्ने तयारी बालेनका समर्थकहरुले गरेका छन्। र्यालीले सभागृहबाट भद्रकाली, सहिद गेट, त्रिपुरेश्वर हुँदै टुँडिखेलमा जम्मा हुने र त्यहाँ धन्यवाद सभा आयोजना हुने कलाकार अर्जुन घिमिरेले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।