काठमाडौं–काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन (बालेन्द्र) शाह निर्वाचित भए्का छन्। बिहीबार सकिएको मतगणना परिणामअनुसार शाह ६१ हजार ७६७ मतसहित मेयरमा निर्वाचित भएका हुन्।
उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनका तर्फबाट नेपाली कांग्रेसकी सिर्जना सिंहले ३८ हजार ३४१ मत ल्याइन्। यस्तै, एमालेका केशव स्थापित तेस्रो स्थानमा रहे। उनले ३८ हजार ११७ मत ल्याए।
उपमेयरमा भने एमालेकी सुनिता डंगोल निर्वाचित भएकी छन् । उनले नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठलाई पराजित गरेकी हुन् । डंगोलले ६८ हजार ६१२ मत ल्याउँदा श्रेष्ठ २३ हजार ८०६ मतमा मात्र सीमितत भए।
तर निर्वाचन आयोगले आधिकारिक घोषणा गर्न भने बाँकी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।