काठमाडौं– नेकपा एमालेले निजगढ विमानस्थल बनाउन रोक्न भन्दै सर्वोच्च अदालतले गरेको फैसला दुर्भाग्यपूर्ण भएको टिप्पणी गरेको छ। फैसलापछि प्रतिक्रिया दिँदै एमाले उपमहासचिव प्रदीप ज्ञवालीले उक्त फैसला दुर्भाग्यपूर्ण भएको टिप्पणी गरेका हुन्।
सर्वोच्चले बिहीबार सरकारलाई निजगढमा विमानस्थल नबनाउन र विमानस्थल आवश्यक भए अन्यत्रै बनाउनु भनि परमादेश जारी गरेको थियो।
सर्वोच्चका पाँच न्यायाधीशको वृहत्तपुर्ण इजलासले गरेको उक्त फैसलाप्रति आफ्नो धारणा सामाजिक सञ्जालमा सार्वजनिक गर्दै एमाले नेता ज्ञवालीले यस्तो टिप्पणी गरेका हुन्।
‘निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन नपाउने गरी आज सर्वोच्च अदालतले गरेको फैसला दुर्भाग्यपूर्ण छ,’ उनले लेखेका छन्, ‘यसले कार्यकारीको क्षेत्राधिकार त अतिक्रमण गरेको छ नै, नेपालको राष्ट्रिय सामर्थ्य र विकासको संभावनामाथि पनि आँच पु¥याएको छ। आखिर कसरी र कसको हितमा हुन्छन् यस्ता फैसलारु ?’
यस्तै, एमालेका नेता योगेश भट्टराईले पनि सर्वोच्चले निजगढ विमानस्थलविरुद्ध गरेको उक्त निर्णय अत्यन्तै घातक र प्रतिगामी भएको टिप्पणी गरेका छन्। उनले नेपालको हवाई उड्डयनको गेम चेन्जर आयोजना र त्यसमार्फत मुलुकको समृद्धिको यात्रामाथि नै अदालतबाट हस्तक्षेप भएको आरोप लगाएका छन्।
उनले उक्त फैसला सच्याउन आग्रह गर्दै सामाजिक सञ्जालमा लेखेका छन्, ‘निजगढ अन्तर्रास्ट्रिय विमानस्थलका बारेमा सर्वोच्च अदालतको आजको निर्णय अत्यन्तै घातक र प्रतिगामी छ। नेपालको हवाई उड्डयनको गेम चेन्जर आयोजना र त्यसमार्फत मुलुकको सम्मृद्धिको यात्रामाथिको बलत हस्तक्षेप हो। माननीय न्यायधिशज्युहरू यो निर्णय सच्याउनु होस्।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।