काठमाडौं- काठमाडौं महानगरमा निर्वाचित जनप्रतिनिधिको शपथ सोमबार हुने भएको छ।
मुख्य निर्वाचन अधिकृतले महानगरले सोमबारका लागि शपथको तयारी गरेकोले त्यही दिन शपथ हुने बताए। वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचन अन्तर्गत काठमाडौं महानगरपालिकाको मतगणना अन्तिम चरणमा पुगेको छ। अन्तिम मतपरिणाम बिहीबार रातिसम्म आउने जनाइएको छ।
पछिल्लो परिणाम अनुसार महानगरमा स्वतन्त्रतर्फ उम्मेदवारी दिएका बालेन साहले ६१ हजार ३९० मत पाएका छन्। नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ३८ हजार १८७ मत पाएकी छन्।
उपमेयरमा भने एमालेकी सुनिता डंगोलले ६८ हजार २ सय ९० र एकीकृत समाजवादीका राजेन्द्र श्रेष्ठले २३ हजार ६६१ मत पाएका छन्।
अहिले काठमाडौं–१४ को गणना भइरहेको छ। मुख्य निर्वाचन अधिकृतले अब ७ सय मत गणना गर्न वाँकी रहेको जानकारी दिए। उनले मतगणना सकेर रातिसम्ममा सबै परिणाम घोषणा हुने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।