• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, पुस १२, २०८२ Sat, Dec 27, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

नीति तथा कार्यक्रममाथि दुवै सदनमा ९१ बुँदामा संशोधन प्रस्ताव

64x64
रासस बिहीबार, जेठ १२, २०७९  १५:५१
1140x725

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीबाट यही जेठ १० गते प्रतिनिधिसभाको दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत भएको नीति तथा कार्यक्रममाथि बिहीबारदेखि दुबै सदनमा छलफल प्रारम्भ भएको छ। छलफल दुई दिनसम्म जारी रहने छ। 

कूल ६५ पृष्ठमा १४५ बुँदामा आएको नीति तथा कार्यक्रममा तीनै तहका सरकारको समन्वय र सहकार्यमा आर्थिक विकासलाई प्राथमिकतामा राखिएको छ भने वित्त र मौद्रिक नीतिको संयोजनबाट आर्थिक वृद्धि र स्थायित्व हासिल गरिने तथा कृषि, यातायात, ऊर्जा, पर्यटन र सूचना प्रविधिलाई आर्थिक वृद्धिको संवाहकको रुपमा अघि बढाइ आर्थिक पुनरुत्थानका विशेष कार्यक्रममार्फत उत्थानसशील अर्थतन्त्र निर्माण गरिने कुरा समावेश गरिएको छ।

उक्त नीति तथा कार्यक्रममाथि विभिन्न दलका दुबै सदनका सांसदहरुले सदनमा संशोधन प्रस्ताव पेस गरेका छन्।
प्रतिनिधि सभामा विभिन्न राजनीतिक दलका ६ सांसदले ८१ बुँदामा र राष्ट्रियसभाका पाँच सांसदले १० बुँदामा संशोधन प्रस्तावको सूचना पेस गरेका छन्।  

प्रतिनिधि सभामा संशोधन प्रस्ताव पेस गर्ने संशोधनकर्ता सांसदहरुमा प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का हृदयेश त्रिपाठी, शेरबहादुर तामाङ, भीमबहादुर रावल र खगराज अधिकारी तथा सत्ता गठबन्धन दल राष्ट्रिय जनमोर्चाका दुर्गा पौडेल र नेपाल मजदूर किसान पार्टीका प्रेम सुवाल छन्।  

सांसद तामाङले नीति तथा कार्यक्रमको बुँदा नं २३ मा कृषिमा आकर्षण दिन संसद्मा गैरसरकारी विधेयकको रुपमा दर्ता भएको गाँजाखेतीलाई नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक छलफलमा ल्याई पारित गरी वैधानिकरण गरिने छ, भन्ने ब्यहोरा थप गर्नुपर्ने भनी संशोधन प्रस्ताव पेस गरेका छन्।  

नीति तथा कार्यक्रममाथि तीन बुँदामा संशोधन प्रस्ताव राखेका अधिकारीले बुँदा नं १३९ मा ‘लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रबाट विदेशी फौज हटाउन तुरुन्त पहल गरिनेछ’ भन्ने ब्यहोरा थप्न माग गरे। 

सदनमा १९ बुँदामा संशोधन प्रस्ताव पेस गरेका नेमकिपाका सांसद सुवालले बुँदा नम्बर ३६ मा संशोधन प्रस्ताव पेस गर्दै अन्तर्राष्ट्रिय कानुन विपरीत नेपालको भूमि डुवानमा पर्ने गरी भारतले बनाएको सीमा बाँध र तटबन्ध भत्काउन आवश्यक कूटनीतिक र कानुनी पहल गर्ने कुरा थप गर्न प्रस्ताव गरेका छन्। 

सांसद दुर्गा पौडेलले बुँदा नम्बर ७ संशोधन प्रस्ताव पेस गर्दै लिपुलेक लिम्पियाधुरा र कालापानीबाट भारतीय सेना फिर्ता गर्ने ब्यहोरा राख्नुपर्ने प्रस्ताव गरेका छन्।  

Ncell 2
Ncell 2

राष्ट्रिय सभामा संशोधन प्रस्ताव
राष्ट्रिय सभामा संशोधनका सूचना पेस गर्नेमा मनोनित सांसद डा विमला राई पौड्याल, लोकतान्त्रिक समाजवादी पार्टीका सांसद शेखरकुमार सिंह, नेकपा (एमाले) का सांसदहरु भगवती न्यौपाने, भैरवसुन्दर श्रेष्ठ र विमला घिमिरे छन्। उनीहरुले १० बुँदामा संशोधनको सूचना पेस गरेका छन्।  

डा राई र पौडेलले बुँदा नम्बर २६ मा संशोधन प्रस्ताव पेस गर्दै प्राङ्गारिक मलमा अनुदानसहित सातै प्रदेशमा प्राङ्गारिक मल कारखाना खोलिने र रासायनिक मलमा अनुदान हटाई आपूर्ति सहज गरी प्राङ्गारिक मलमा अनुदान बढाउने कुरा उल्लेख गरेका छन्। 

यस्तै सांसद सिंहले बुँदा नं १०८ मा संशोधन प्रस्ताव प्रस्तुत गर्दै डडेल्धुरामा मेडिकल कलेज सञ्चालनमा ल्याइने भन्ने उल्लेख गरिएकोमा सोही बुँदामा सप्तरीको राजविराजमा पनि रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालन गर्ने वाक्य थप गर्न माग  गरेका छन्।  

एमालेका सांसदहरु न्यौपाने, श्रेष्ठ र घिमिरेले संयुक्त रुपमा पाँच बुँदा (१५, १७, ४३, ७२ र ७९) संशोधन प्रस्ताव पेस गरेका छन्। 
उनीहरुले वित्तीय हस्तान्तरणको विषय विरोधाभाषपूर्ण भएको, पूर्ववर्ती आयोजना अलपत्र पार्नेगरी आएको, स्वच्छ खानेपानी उपलब्ध गराउने कुरा र बूढीगण्डकी आयोजना तथा सरकारले पूरा गर्नुपर्ने योजना निजी क्षेत्रलाई जिम्मादिने कुरा सान्दर्भिक नभएको भन्दै संशोधन प्रस्ताव पेस गरेका छन्।  

सरकारले ल्याएको नीति तथा कार्यक्रम आर्थिक विकास तथा नीतिगत सुधारमा महत्वपूर्ण रहेको छ। प्रस्तुत नीति तथा कार्यक्रम वित्तीय र मौद्रिक औजार परिचालन गरी सरकारबाट निजी क्षेत्रको संयुक्त प्रयासबाट समष्टिगत आर्थिक स्थायित्व कायम गरी तीव्र आर्थिक वृद्धि हासिल गर्नेतर्फ लक्षित छ। 

आन्तरिक तथा बाह्य कारणबाट अर्थतन्त्रको संरचनामा आउसक्ने जोखिम बहन गर्नसक्ने आर्थिक नीति तय गर्ने कुरा कार्यक्रममा समावेश छ। यस्तै अर्थतन्त्रको समग्र संरचनामा रुपान्तरण गर्न सक्ने कार्यक्रम तथा आयोजना कार्यान्वयन गरिने र आन्तरिक स्रोतमा आधारित उत्पादनका साधनको महत्तम परिचालन गरिने उल्लेख गरिएको छ।

यस्तै उत्पादन र उत्पादकत्व वृद्धि पूर्वाधार निर्माण, खानेपानी तथा विद्युतमा पहुँच, मानव पूँजी निर्माण, रोजगारी सिर्जना, असमानता र बहुआयामिक गरिबीको दरमा कमि, दिगो विकास र पर्यावरणीय सन्तुलत, सङ्घीयताको सुदृढिकरण र सुशासनलाई प्राथमिकतामा राखिएको छ।   

वित्त र मौद्रिक नीतिको संयोजनबाट आर्थिक वृद्धि र स्थायित्व हासिल गरिने तथा कृषि, यातायात, ऊर्जा, पर्यटन र सूचना प्रविधिलाई आर्थिक वृद्धिको संवाहकको रुपमा अघि बढाइ आर्थिक पुनरुत्थानका विशेष कार्यक्रममार्फत उत्थानशील अर्थतन्त्र निर्माण गरिने नीति तथा कार्यक्रममा उल्लेख छ।

यस्तै कार्यक्रममा संघ, प्रदेश र स्थानीय तहको सहकार्य र समन्वयमा प्राकृतिक स्रोतको संरक्षण उपयोग र समन्यायिक बाँडफाँट गरिने तथा स्थानीय अर्थतन्त्रलाई राष्ट्रिय अर्थतन्त्रसँग आवद्ध गर्दै आर्थिक समुन्नतिको आधार तयार पारिने उल्लेख छ। नीति तथा कार्यक्रममा आन्तरिक उत्पादन वृद्धिदेखि औद्योगिकीकरणका लागि गुणस्तरीय पूर्वाधार निर्माण लगानी प्रर्वद्धन, व्यवसायिक वातावरण निर्माण  र सहजीकरण गर्न नीतिगत, कानुनी र प्रणालीगत सुधार गर्ने योजना सरकारले अघि सारेको छ।

प्रकाशित मिति: बिहीबार, जेठ १२, २०७९  १५:५१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रासस
लेखकबाट थप
दूधमा आत्मनिर्भर काभ्रेः ७० प्रतिशत आपूर्ति अन्यत्र जिल्लामा
पर्याप्त सिचाइँ सुविधा नहुँदा गण्डकीमा अपेक्षित रोपाइँ हुन सकेन
सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबरका भन्सार छलीका सामान बरामद
सम्बन्धित सामग्री
राष्ट्रपति पौडेल र पूर्वप्रधानमन्त्री नेपालबीच भेटवार्ता भेटवार्तामा समयमै निर्वाचन गराउने, सबै दल समूहलाई मिलाएर निर्वाचन गराउनेलगायत समसामयिक विषयमा छलफल भएको जनाइएको छ। शनिबार, पुस १२, २०८२
लमजुङबाट देव गुरुङसहित प्रत्यक्षतर्फ १३ जना सिफारिस लमजुङमा प्रतिनिधिसभाको एउटामात्र निर्वाचन क्षेत्र रहेकाले प्रत्यक्षतर्फ माओवादी केन्द्र रहँदाका महासचिव तथा पूर्वसांसद देवप्रसाद गुर... शनिबार, पुस १२, २०८२
जसपा नेपालको प्रदेशस्तरीय विरोध सभा आजदेखि संविधान संशोधन, निर्वाचन क्षेत्र पुर्निनिर्धारण, जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणालीको व्यवस्थालगायतका २८ बु... शनिबार, पुस १२, २०८२
ताजा समाचारसबै
नेकपा (माओवादी) ले गर्‍यो संघर्षका कार्यक्रम घोषणा शनिबार, पुस १२, २०८२
राष्ट्रपति पौडेल र पूर्वप्रधानमन्त्री नेपालबीच भेटवार्ता शनिबार, पुस १२, २०८२
भियतनाममा यात्रुबाहक बस पल्टिँदा कम्तीमा ७ जनाको मृत्यु शनिबार, पुस १२, २०८२
७५० केजी गाँजासहित दुई जना पक्राउ शनिबार, पुस १२, २०८२
रौतहटको मदिरा उद्योगमा विष्फोट हुँदा १ जनाको मृत्यु, ६ जना घाइते शनिबार, पुस १२, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
नागरिकता नियमावली चौथो पटक संशोधन शुक्रबार, पुस ११, २०८२
६ सिडिओसहित १३ सहसचिव तथा उपसचिवको सरुवा (सूचीसहित) शुक्रबार, पुस ११, २०८२
प्रधानमन्त्री कार्कीले बोलाइन् शीर्ष नेताको बैठक शुक्रबार, पुस ११, २०८२
भारतीयको मुटु नेपाली युवतीमा: केरलास्थित एर्नाकुलम जनरल अस्पतालमा सफल मुटु प्रत्यारोपण शुक्रबार, पुस ११, २०८२
यस्तो रहनेछ देशभरको मौसम शुक्रबार, पुस ११, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बालेनसँगको वार्तापछि बाहिरिए रवि, सञ्चारकर्मीसँग प्रतिप्रश्न- मेरो अनुहारले के भन्छ ? बिहीबार, पुस १०, २०८२
बंगलादेशमा कट्टरपन्थी भीड अनियन्त्रित, दीपुचन्द्रको हत्यापछि सात वर्षीया बालिकालाई जिउँदै जलाइयो आइतबार, पुस ६, २०८२
बालेनलाई भेटेपछि कांग्रेस नेता शर्माले भने- संसद् पुनर्स्थापनाबारे छलफल भयो बिहीबार, पुस १०, २०८२
६ वटा दल खारेज गर्ने आयोगको निर्णय, को–को परे? मंगलबार, पुस ८, २०८२
प्रधानमन्त्री निस्किएपछि राष्ट्रपतिसँग ओली, देउवा र प्रचण्ड पुनः छुट्टै छलफलमा मंगलबार, पुस ८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्