काठमाडौं– एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसको नीति सत्तामा पुग्ने र कार्यक्रम सत्त टिकाउने रहेको बताइएको छ। सरकारको नीति तथा कार्यक्रमबारे बोल्दै उनले यस्तो बताएका हुन्।
उनले भने, ‘जालझेल गरेर षड्यन्त्र गरेर सत्ताभोगमा केन्द्रित कांग्रेसको नीति तथा कार्यक्रम छैन। त्यसका लागि जे–जे पूर्वाधार तयार गर्नुपर्छ। यसले त्यही प्रमाणित गर्छ।’
कांग्रेसले यस नीति तथा कार्यक्रममार्फत् पहिचान गुमाएको बताएका छन्। कांग्रेससँग कुनै नीति तथा कार्यक्रम नभएको उनले भने।
‘अब सूर्य जस्तै छर्लङ्ग भएको छ। नेपाली कांग्रेससँग नेपाल र नेपालीको जिविकास र समृद्धि स्वाभिमान र सम्मानका लागि कुनै योजना छैन। भिजन छैन। योजना छैन। मार्गचित्र त हुने कुरा नै भएन,’ उनले थपे।
समृद्ध नेपाल, सुखी नेपाली अवधारणा हटाएकोमा उनको चित्त दुखाइ छ। यसबारे कटाक्ष गर्दै भने, ‘समृद्ध नेपाल, सुखी नेपालीलाई निरन्तरता दिने यो सरकारको हुती नै छैन। गठबन्धनले गर्न सक्ने कुरै होइन। हटाउनुभएछ। ठीकै भयो। यो तपाईंको बुताकै कुरा होइन।’
जनताका पक्षमा भएका नीति तथा कार्यक्रममा त नेकपा एमालेले अघि सारेका र सुरु गरेका नै निरन्तरता दिइएको बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।