काठमाडौं– नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले परराष्ट्र नीतिका बारेमा सरकारसँग जवाफ माग गरेका छन्। बिहीबारको प्रतिनिधि सभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै ओलीले नेपालको असंलग्न परराष्ट्र नीतिका बारेमा जवाफ मागे।
ओलीले अमेरिकी उपमन्त्रीले केही दिन अगाडि गरेको भ्रमणका विषयदेखि नेपालको एक चीन नीतिका बारेमा जवाफ माग गरे। उनले नेपाल 'एक चीन नीति'मा छ कि छैन भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाबाट जवाफ माग गरे।
ओलीले अमेरिकी उपमन्त्रीको भ्रमणका क्रममा तिब्बती शरणार्थीसँगको भेटको विषयमा पनि सरकारले प्रष्ट जवाफ दिनुपर्ने बताए।
ओलीले अहिलेको सरकारले सीमा विवादका बारेमा कुरा गर्न नसकेको दाबी गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।