काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचन सम्पन्न भएको भोलिपल्टै सरकारले जनतामाथि मूल्यवृद्धिको डण्डा बर्साएको बताएका छन्।
बिहीबार संसद्मा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा बोल्दै नेता ओलीले मतदान सकिएको एक दिन नबित्दै पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गराएको बताए। मतदानको दिनसम्म मौन बसेको सरकारले भोलिपल्टै मूल्यवृद्धिको डण्डा बर्साउनु आश्चर्यजनक भएको उनको भनाइ छ।
उनले भने, ‘३० गते भोट खसाइन्जेलसम्म चुप लागेर बस्ने, भोलिपल्टै मूल्यवृद्धिको डण्डाले हान्दिने। त्यो पनि एक हप्ताभित्रै अर्को डण्डाले हानियो।’
पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको असर सबै क्षेत्रमा पर्ने उनले बताए। पेट्रोलियम पदार्थको मूल्य बढ्नेबित्तिकै हरेक वस्तुको मूल्य स्वाभाविक रुपमा बढ्ने उनको भनाइ छ। उनले मूल्यवृद्धिको प्रवृत्ति अभूतपूर्व रहेको भन्दै सरकारले मूल्यवृद्धिको सन्दर्भमा नकारात्मक कीर्तिमान कायम गरेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।