काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले कसैको वैशाखी टेकेर यो म्याराथुन दौडिएर आएको पार्टी नभएको बताएका छन्। एमाले आफ्नै खुट्टामा दौडेर आएको भन्दै ओलीले गठबन्धनलाई कटाक्ष गरे।
प्रतिनिधि सभाको बिहीबारको बैठकमा सरकारको नीति तथा कार्यक्रमाथिको छलफलमा सहभागी हुँदै ओलीले भने, 'यो म्याराथुनमा एमाले वैशाखी टेकेर होइन, आफ्नै खुट्टाले दौडिएर आएको हो। यो पार्टीलाई सिध्याउँछु, समाप्त पारिदिन्छु र गायब पार्छु भन्ने?'
उनले लोकतान्त्रिक आन्दोलनकको इतिहास र अभ्यासमा एमाले पोख्त पार्टी रहेको बताए। साथै थपे, 'लोकतन्त्रको समुन्द्रमा पौडी खेलेर आएको पार्टी हो।'
उनले नेकपा एमाले सैद्धान्तिक तवरमा मात्रै नभइ वास्तवमै 'गभरमेन्ट इन वेटिङ' रहेको बताए। एकछिनलाई षड्यन्त्र गरेर बाहिर राखिएको बताउँदै ओलीले आफ्नो पार्टी चाँडै सरकारमा पुग्ने दाबी गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।