काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले नीति तथा कार्यक्रममा राष्ट्रिय सहमति र सहकार्य भने पनि प्रतिपक्षसँग संवादनहीनताको स्थिति राखेर पेल्ने काम गरेको बताएका छन्।
बिहीबार प्रतिनिधि सभामा नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुँदै ओलीले यस्तो बताएका हुन्।
‘प्रतिपक्षीलाई पत्तासाफ गर्छौं। टर्च बालेर खोज्छौं भन्दै सत्तापक्ष हिँड्ने,’ उनले भने, ‘अनि, नीति तथा कार्यक्रममा सहमति र सहकार्य गर्ने भनिएको छ।’
उनले संवादहीनताको स्थितिमा राखेर पेल्ने काम भएको भन्दै सत्ताको दुरुपयोग गरिएको आरोप लगाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।