काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिपक्षी दलका कारणले गर्दा एक ठाउँमा पनि मतदान स्थगित नभएको दाबी गरेका छन्।
प्रतिनिधि सभाको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिने क्रममा ओलीले यस्तो बताएका हुन्।
‘गठबन्धनको घोषित नीति नै थियो। हामीलाई धुलो चटाइदिने, पत्तासाफ गराइदिने। निर्वाचनका क्रममा त्यही प्रकट भएको छ,’ उनले भने, ‘एउटा ठाउँमा प्रतिपक्षका कारणले स्थगित भएको थिएन। सत्तामा बसिसकेपछि त सरकारले शान्तिपूर्ण रुपमा निर्वाचन गर्नुपर्छ। जसरी पनि जित्नुपर्छ भनेर गीत नै गाइएको थियो।’
उनले सरकारले निष्पक्ष, स्वतन्त्र, शान्तिपूर्ण, भयरहीत वातावरणमा निर्वाचन सम्पन्न भएको दाबी गरे पनि त्यसो हुन नसकेको बताए।
‘स्वच्छ हुन सकेन। धाँधलिरहित हुन सकेन। उम्मेदवार थुन्ने काम भयो,’ उनले भने, ‘सत्ता पक्षले बुथ कब्जा गरेको ठाउँमा प्रहरी निरीह भएर बसेको छ। नगर्न भन्दा प्रतिपक्षी दलका कार्यकर्तालाई थुनिएको छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।