काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममा प्रतिनिधि सभामा छलफल सुरु भएको छ।
बिहीबार प्रतिनिधि सभा बैठक सुरु भएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले नीति तथा कार्यक्रममाथि छलफल अगाडि बढाइयोस् भन्ने प्रस्ताव पेस गरेका छन्।
देउवाले प्रस्ताव पेस गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले नीति तथा कार्यक्रममाथि छलफल अगाडि बढाएका छन्।
नीति तथा कार्यक्रममा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली, सत्ता पक्षीय दलका नेताहरुसहित सांसदहरु सहभागी हुनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।