काठमाडौं- नेकपा माओवादी केन्द्रले जनप्रतिनिधिलाई अभिमुखिकरण तालिम दिने भएको छ।
बुधबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ' प्रचण्ड' निवास खुमलटारमा बसेको पार्टी केन्द्रीय कार्यालयको विस्तारित बैठकले स्थानीय तहमा नव निर्वाचित प्रमुख/अध्यक्ष/उपप्रमुख/उपाध्यक्ष, जिल्ला समन्वय समिति प्रमुख/उपप्रमुख, पार्टी प्रदेश इन्चार्ज र अध्यक्षको सहभागीतामा जेठ १८ र १९ गते काठमाडौंमा स्थानीय तह अभिमुखिकरण तालीम संचालन गर्ने निर्णय गरेको हो।
साथै बैठकले जेठ २० मा पार्टी केन्द्रीय समितिको बैठक भर्चुअल माध्यमबाट सम्पन्न गर्ने र केन्द्रीय समितिको अर्को बैठक २०७९ असार १५ मा आयोजना गर्ने पनि निर्णय गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।