• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज १९, २०८३ Mon, Oct 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्थानीय निर्वाचन

फाटेका मनलाई एकैठाउँमा ल्याएर समग्र टीकापुरको विकास गर्छौं : मेयर थारु [अन्तर्वार्ता]

64x64
नेपाल लाइभ शुक्रबार, जेठ १३, २०७९  ०७:२१
1140x725

काठमाडौं– कैलालीको टीकापुर नगरपालिकाको प्रमुखमा चार महिनाअघि स्थापना भएको नागरिक उन्मुक्ति पार्टीले जित हासिल गरेको छ। त्यहाँ सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षी नेकपा एमालेका फरक उम्मेदवारलाई पराजित गर्दै नवगठित पार्टीको तर्फबाट प्रमुखमा रामलाल डगौरा थारु निर्वाचित भइसकेका छन्। 

नवनिर्वाचित प्रमुख थारुले अब कसरी नगरको विकास निर्माणको कामलाई अघि बढाउँछन् भन्ने विषयमा नेपाल लाइभका लागि बीपी अनमोलले गरेको कुराकानीः  

नगरपालिकाको प्रमुखमा निर्वाचित हुनुभयो। यो जितलाई कसरी हेर्नुभएको छ?
यो जित भनेको टीकापुरबासीको जित हो। यो एतिहासिक जित पनि हो। विगतमा चाहिँ एउटै जाति, वर्ग, समुदायको पक्षमा टीकापुरलाई हेर्ने गरिएको थियो। आज टिकापुरबासी हर्षित भएका छन्। सबै हामीसँग जोडिन आइपुगेका छन्। अब टीकापुरलाई जसरी पनि बनाउनुपर्छ भनेर हामीले काम गर्ने हो।

टीकापुर नगरपालिकामा अब तपाईंका प्राथमिकता के–के हुन्?
टीकापुरमा सबैभन्दा पहिले त शान्तिसुरक्षा र सुशासनको पाटोलाई हामीले जोड दिएका छौं। यसलाई साकार गराउन सबै राजनीतिक दल, नागरिक समाज, सरोकारवाला निकायसँग छलफल, अन्तरक्रिया र बहस भइरहेको छ। टीकापुरमा सधैंभरी फाटेको मन आक्रान्त बन्न दिनुहुँदैन। अब सद्‌भाव कायम गरेर हुन्छ कि, नभए यहाँको विभिन्न गतिविधिलाई ध्यानमा राखेर सबैको समान प्रतिनिधित्व, समान सहभागिता हुनुपर्छ भन्ने हो। त्यो विकास निर्माणको सवालदेखि लिएर आर्थिक पाटो, सामाजिक क्षेत्रमा समावेशी रूपमा लैजानुपर्छ भन्ने हो। सबैको साझा टीकापुर बनाउनेतर्फ नै अब ध्यान जानेछ। मैले त्यसैअनुसार नै काम अघि बढाइरहेको छु।

टीकापुर क्षेत्रमा सबैलाई समेटेर तपाईं कसरी अगाडि बढ्नुहुन्छ?
यसअघि टीकापुरमा सबै ‘मै खाउँ, मै लाउँ’ भन्ने हिसाबले भइरहेको थियो। अब चाहिँ सबैको समान प्रतिनिधित्व हुनुपर्छ भन्ने हो। जनताले दिएको जनमतका आधारमा सबै राजनीतिक दलहरूलाई साथमा लिएर साझा टीकापुर बनाउनका लागि हामी काम गर्नेछौं। 

अर्को कुरा, यहाँ जुन जाति, वर्गका नाममा जुन किसिमले टीकापुरलाई भजाउने  गरिन्छ, फलानो समुदाय, जाति वर्ग, भेग भनेर विभेदका विभिन्न लाइन र चिन्तन छन्। त्यो चिन्तनलाई अन्त्य गर्नका लागि मैले सम्पूर्ण समुदायसँग छलफल अन्तरक्रिया गरेर अघि बढ्नेछु। हामीले संकुचित भावना मनमा राखेर हुँदैन। सबैको टीकापुर बनाउनका लागि सबैले लाग्नुपर्छ। मैले सबैसँग मिलेर त्यस हिसाबले नै काम गर्ने हो।

चार महिनाअघि पार्टी स्थापना भएर अहिले कैलालीमा पहिलो भएको छ। नागरिक उन्मुक्ति पार्टीलाई टीकापुरलगायतका स्थानीय तहमा मतदाताले रोज्नुको कारण के हो?
टीकापुरलाई मात्रै जोडेर जानु भन्दा पनि नेपालको इतिहासलाई हेर्दै जाँदा २०५२ सालमा नेकपा माओवादीले जन्म लिएको हेरौं। तत्कालीन ठूला दल भनिएकाहरूले जनताका आधारभूत समस्यालाई समाधान गर्न नसक्नुको कारणले माओवादी जन्मियो। डाक्टर बाबुराम भट्टराईले ४० बुँदे माग सरकारलाई राखेर त्यसको सुनुवाइ हुन नसकेपछि अनि 'जनयुद्ध' भएको थियो। 

नेपालमा संविधान घोषणा हुँदै थियो। पहिचानको लडाइ हुँदै थियो। त्यो लडाइ सँगसँगै अब यहाँ देशव्यापी रूपमा आन्दोलनका घोषणा पनि भएका थिए। त्यही क्रममा टीकापुरमा पनि आन्दोलन भएको थियो। यहाँ थरुहट क्षेत्रलाई जोडेर थारुवान प्रदेश कायम हुनुपर्छ भनिएको थियो। त्यो कायम गराउनका निम्ति भएको थियो। 

Ncell 2
Ncell 2
nimb
nimb

राजनीतिक आन्दोलन हो भन्ने कुरा सबैले स्वीकार्दा पनि निर्दोषलाई जब जेलमा हाल्ने काम भयो। ठूला दलले एकातिर राजनीतिक मुद्दा हो भन्ने अर्कोतर्फ व्यवहारमा नगर्ने। अन्यायमा पारिरहने काम भयो। यो कुरालाई आम टीकापुरबासीले बुझ्नुभयो। वास्तवमा यहाँको आदिवासी थारुलाई अन्याय भएको थियो। 

यो अन्यायको बारेमा सबै टीकापुरका मानिसहरूले सोच्नुपर्छ भन्ने हिसाबले साथ दिनुपर्छ भनेर नै सबैले साथ दिएका हुन्। अन्यायमा परेको वर्गलाई हामीले सुरक्षित स्थान र गन्तव्य बनाउन सक्नुपर्छ भन्ने सबैले बुझेका हुन्। यसै आधारमा यो पार्टी जन्मिएको हो र त्यसै अनुसार अहिले जनताले पनि हामीलाई म्यान्डेट दिएको अवस्था छ। जनता एकदमै सकारात्मक देखिएका छन्। 

त्यस क्षेत्रमा शिक्षा, स्वास्थ्यको समस्या त्यस्तै छ। विपन्न वर्गको उत्थान हुन सकेको छैन। समग्र रूपमा विपन्न वर्गको क्षेत्रमा तपाईंले कसरी काम गर्नुहुन्छ?
टीकापुरमा सबैले जित्ने बनाउनका लागि हामीले एउटा जाति मात्रै हेरेर हुँदैन। यहाँ सबैका मनहरू फाटेका छन्। ती मनहरूलाई हामीले एक ठाउँमा ल्याउनका लागि सबै जाति, वर्ग, समुदायको हकमा काम गर्नुपर्छ। जहाँसम्म हामीले समग्र टीकापुरका समस्या हाम्रा समस्या हुन् भनेर लाग्ने छौं। 

ती समस्या चाहे स्वास्थ्यका हुन् या शिक्षाका या त सांस्कृतिक हुन्। सबै जातजातिको फल्ने–फुल्ने अवसर दिनुपर्छ र त्यही आधारमा काम गर्नुपर्छ। जनसंख्याको आधारमा थारु समुदाय अलि बढी भएकाले उहाँहरू त्यसमा बढी पर्नुहोला। विभिन्न समुदायका नागरिक राज्य सत्ताबाट पिल्सिएको र पछाडि परेको अवस्था छ। उहाँहरूलाई पनि हामीले सम्बोधन गर्नेछौं। स्थानीय सरकारको प्रत्याभूति हुनेगरि सबैलाई समान व्यवहार गर्ने हिसाबले कार्ययोजना बनाएर नै हामीले टीकापुर नगर क्षेत्रमा काम गर्नेछौं। 

Xtrem

Xtrem

नागरिक उन्मुक्ति पार्टीको आगामी रणनीति कसरी अघि बढ्छ? आसन्न प्रदेश र संघीय निर्वाचनमा पनि तपाईंहरूको उपस्थिति हुन्छ? 
जसरी टीकापुरमा विभिन्न समुदाय राज्यबाट विभेद र उत्पीडनमा पारिएको देखेका छौं। सबैलाई उन्मुक्ति गराउने हाम्रो मुख्य उद्देश्य रहेको छ। कुनै क्षेत्र, भेग नभनिकन आम नेपाली जनताहरू जो उत्पीडनमा परेका छन्, उनीहरूको उन्मुक्तिका लागि हाम्रो पार्टी स्थापना भएको हो।

आसन्न प्रदेश र संघीय निर्वाचनमा पनि हामी अगाडि बढ्छौं। हामी आउने चुनावमा पनि गुणात्मक रुपले अघि बढ्छौं र त्यसै हिसाबले हाम्रो पार्टीले पनि रणनीतिक योजना बनाएर अघि बढ्नेछ। अबका दिनमा हामीलाई कसैले पनि सानो र जातीय पार्टी भन्ने छैनन्। जनताले हामीलाई जनमत दिएर प्रष्ट पारिसकेका छन्। अब हामी आउँदो चुनावबाट नै राष्ट्रिय पार्टीका रूपमा स्थापित हुनेछौं।

प्रकाशित मिति: शुक्रबार, जेठ १३, २०७९  ०७:२१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
यस्तो छ गगन थापाको राजनीतिक प्रतिवेदन (पूर्णपाठ)
चाँडोभन्दा चाँडो विपद् व्यवस्थापनको काम सक्दैछौं : प्रधानमन्त्री शाह
शालिक गौतमले गरे युरोप क्लस्टरको कांग्रेस केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा
सम्बन्धित सामग्री
के छ बूढीगंगामा पुन: मतगणना अस्वीकार गर्ने सर्वोच्चको आदेशमा? सर्वोच्च अदालतले ९९ प्रतिशतसम्म मतदान भएको बाजुराको बूढीगंगा नगरपालिकामा पुनः मतदान रोक्न मागसहित परेको मुद्दामा पुन: निर्वाचन गराउँ... बुधबार, असार १५, २०७९
काभ्रेपलाञ्चोक जिससमा एकीकृत समाजवादी विजयी जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको निर्वाचनमा नेकपा (एकीकृत समाजवादी) विजयी भएको छ। प्रमुखमा एकीकृत समाजवादीका दीपककुमार गौतम विजय... बिहीबार, असार २, २०७९
बाजुराको बुढीगंगा नगरपालिकामा असारको पहिलो साताभित्र चुनाव गर्ने तयारी बाजुराको बुढीगंगा नगरपालिकामा छिट्टै पुनः निर्वाचन गराउन निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिइसकेको छ। तर... आइतबार, जेठ २९, २०७९
ताजा समाचारसबै
यस्तो छ गगन थापाको राजनीतिक प्रतिवेदन (पूर्णपाठ) सोमबार, असोज १९, २०८३
चाँडोभन्दा चाँडो विपद् व्यवस्थापनको काम सक्दैछौं : प्रधानमन्त्री शाह सोमबार, असोज १९, २०८३
शालिक गौतमले गरे युरोप क्लस्टरको कांग्रेस केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा सोमबार, असोज १९, २०८३
कांग्रेस महाधिवेशनको बन्द सत्र सुरु, तीन छुट्टाछुट्टै हलमा छलफल सोमबार, असोज १९, २०८३
कांग्रेस महामन्त्रीमा डिलाले गरिन् उम्मेदवारी घोषणा सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
बालेनको टिप्पणीमा रक्षा बमको प्रतिवाद: धन्न जेनजीले आन्दोलन गरिदिएर सामान्य राजनीतिक संस्कारसमेत नभएकाहरू प्रधानमन्त्री बने आइतबार, असोज १८, २०८३
बुर्किना फासोमाथि अर्जेन्टिनाको गोल वर्षा आइतबार, असोज १८, २०८३
केन्द्रीय समिति प्रवेशको तयारीमा कांग्रेसका ६ चर्चित युवा आइतबार, असोज १८, २०८३
कांग्रेसको आन्तरिक राजनीतिमा रवि र प्रचण्डको स्वार्थ ! आइतबार, असोज १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्