• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक १०, २०८२ Mon, Oct 27, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्थानीय निर्वाचन

फाटेका मनलाई एकैठाउँमा ल्याएर समग्र टीकापुरको विकास गर्छौं : मेयर थारु [अन्तर्वार्ता]

64x64
नेपाल लाइभ शुक्रबार, जेठ १३, २०७९  ०७:२१
1140x725

काठमाडौं– कैलालीको टीकापुर नगरपालिकाको प्रमुखमा चार महिनाअघि स्थापना भएको नागरिक उन्मुक्ति पार्टीले जित हासिल गरेको छ। त्यहाँ सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षी नेकपा एमालेका फरक उम्मेदवारलाई पराजित गर्दै नवगठित पार्टीको तर्फबाट प्रमुखमा रामलाल डगौरा थारु निर्वाचित भइसकेका छन्। 

नवनिर्वाचित प्रमुख थारुले अब कसरी नगरको विकास निर्माणको कामलाई अघि बढाउँछन् भन्ने विषयमा नेपाल लाइभका लागि बीपी अनमोलले गरेको कुराकानीः  

नगरपालिकाको प्रमुखमा निर्वाचित हुनुभयो। यो जितलाई कसरी हेर्नुभएको छ?
यो जित भनेको टीकापुरबासीको जित हो। यो एतिहासिक जित पनि हो। विगतमा चाहिँ एउटै जाति, वर्ग, समुदायको पक्षमा टीकापुरलाई हेर्ने गरिएको थियो। आज टिकापुरबासी हर्षित भएका छन्। सबै हामीसँग जोडिन आइपुगेका छन्। अब टीकापुरलाई जसरी पनि बनाउनुपर्छ भनेर हामीले काम गर्ने हो।

टीकापुर नगरपालिकामा अब तपाईंका प्राथमिकता के–के हुन्?
टीकापुरमा सबैभन्दा पहिले त शान्तिसुरक्षा र सुशासनको पाटोलाई हामीले जोड दिएका छौं। यसलाई साकार गराउन सबै राजनीतिक दल, नागरिक समाज, सरोकारवाला निकायसँग छलफल, अन्तरक्रिया र बहस भइरहेको छ। टीकापुरमा सधैंभरी फाटेको मन आक्रान्त बन्न दिनुहुँदैन। अब सद्‌भाव कायम गरेर हुन्छ कि, नभए यहाँको विभिन्न गतिविधिलाई ध्यानमा राखेर सबैको समान प्रतिनिधित्व, समान सहभागिता हुनुपर्छ भन्ने हो। त्यो विकास निर्माणको सवालदेखि लिएर आर्थिक पाटो, सामाजिक क्षेत्रमा समावेशी रूपमा लैजानुपर्छ भन्ने हो। सबैको साझा टीकापुर बनाउनेतर्फ नै अब ध्यान जानेछ। मैले त्यसैअनुसार नै काम अघि बढाइरहेको छु।

टीकापुर क्षेत्रमा सबैलाई समेटेर तपाईं कसरी अगाडि बढ्नुहुन्छ?
यसअघि टीकापुरमा सबै ‘मै खाउँ, मै लाउँ’ भन्ने हिसाबले भइरहेको थियो। अब चाहिँ सबैको समान प्रतिनिधित्व हुनुपर्छ भन्ने हो। जनताले दिएको जनमतका आधारमा सबै राजनीतिक दलहरूलाई साथमा लिएर साझा टीकापुर बनाउनका लागि हामी काम गर्नेछौं। 

अर्को कुरा, यहाँ जुन जाति, वर्गका नाममा जुन किसिमले टीकापुरलाई भजाउने  गरिन्छ, फलानो समुदाय, जाति वर्ग, भेग भनेर विभेदका विभिन्न लाइन र चिन्तन छन्। त्यो चिन्तनलाई अन्त्य गर्नका लागि मैले सम्पूर्ण समुदायसँग छलफल अन्तरक्रिया गरेर अघि बढ्नेछु। हामीले संकुचित भावना मनमा राखेर हुँदैन। सबैको टीकापुर बनाउनका लागि सबैले लाग्नुपर्छ। मैले सबैसँग मिलेर त्यस हिसाबले नै काम गर्ने हो।

चार महिनाअघि पार्टी स्थापना भएर अहिले कैलालीमा पहिलो भएको छ। नागरिक उन्मुक्ति पार्टीलाई टीकापुरलगायतका स्थानीय तहमा मतदाताले रोज्नुको कारण के हो?
टीकापुरलाई मात्रै जोडेर जानु भन्दा पनि नेपालको इतिहासलाई हेर्दै जाँदा २०५२ सालमा नेकपा माओवादीले जन्म लिएको हेरौं। तत्कालीन ठूला दल भनिएकाहरूले जनताका आधारभूत समस्यालाई समाधान गर्न नसक्नुको कारणले माओवादी जन्मियो। डाक्टर बाबुराम भट्टराईले ४० बुँदे माग सरकारलाई राखेर त्यसको सुनुवाइ हुन नसकेपछि अनि 'जनयुद्ध' भएको थियो। 

नेपालमा संविधान घोषणा हुँदै थियो। पहिचानको लडाइ हुँदै थियो। त्यो लडाइ सँगसँगै अब यहाँ देशव्यापी रूपमा आन्दोलनका घोषणा पनि भएका थिए। त्यही क्रममा टीकापुरमा पनि आन्दोलन भएको थियो। यहाँ थरुहट क्षेत्रलाई जोडेर थारुवान प्रदेश कायम हुनुपर्छ भनिएको थियो। त्यो कायम गराउनका निम्ति भएको थियो। 

Ncell 2
Ncell 2

राजनीतिक आन्दोलन हो भन्ने कुरा सबैले स्वीकार्दा पनि निर्दोषलाई जब जेलमा हाल्ने काम भयो। ठूला दलले एकातिर राजनीतिक मुद्दा हो भन्ने अर्कोतर्फ व्यवहारमा नगर्ने। अन्यायमा पारिरहने काम भयो। यो कुरालाई आम टीकापुरबासीले बुझ्नुभयो। वास्तवमा यहाँको आदिवासी थारुलाई अन्याय भएको थियो। 

यो अन्यायको बारेमा सबै टीकापुरका मानिसहरूले सोच्नुपर्छ भन्ने हिसाबले साथ दिनुपर्छ भनेर नै सबैले साथ दिएका हुन्। अन्यायमा परेको वर्गलाई हामीले सुरक्षित स्थान र गन्तव्य बनाउन सक्नुपर्छ भन्ने सबैले बुझेका हुन्। यसै आधारमा यो पार्टी जन्मिएको हो र त्यसै अनुसार अहिले जनताले पनि हामीलाई म्यान्डेट दिएको अवस्था छ। जनता एकदमै सकारात्मक देखिएका छन्। 

त्यस क्षेत्रमा शिक्षा, स्वास्थ्यको समस्या त्यस्तै छ। विपन्न वर्गको उत्थान हुन सकेको छैन। समग्र रूपमा विपन्न वर्गको क्षेत्रमा तपाईंले कसरी काम गर्नुहुन्छ?
टीकापुरमा सबैले जित्ने बनाउनका लागि हामीले एउटा जाति मात्रै हेरेर हुँदैन। यहाँ सबैका मनहरू फाटेका छन्। ती मनहरूलाई हामीले एक ठाउँमा ल्याउनका लागि सबै जाति, वर्ग, समुदायको हकमा काम गर्नुपर्छ। जहाँसम्म हामीले समग्र टीकापुरका समस्या हाम्रा समस्या हुन् भनेर लाग्ने छौं। 

ती समस्या चाहे स्वास्थ्यका हुन् या शिक्षाका या त सांस्कृतिक हुन्। सबै जातजातिको फल्ने–फुल्ने अवसर दिनुपर्छ र त्यही आधारमा काम गर्नुपर्छ। जनसंख्याको आधारमा थारु समुदाय अलि बढी भएकाले उहाँहरू त्यसमा बढी पर्नुहोला। विभिन्न समुदायका नागरिक राज्य सत्ताबाट पिल्सिएको र पछाडि परेको अवस्था छ। उहाँहरूलाई पनि हामीले सम्बोधन गर्नेछौं। स्थानीय सरकारको प्रत्याभूति हुनेगरि सबैलाई समान व्यवहार गर्ने हिसाबले कार्ययोजना बनाएर नै हामीले टीकापुर नगर क्षेत्रमा काम गर्नेछौं। 

नागरिक उन्मुक्ति पार्टीको आगामी रणनीति कसरी अघि बढ्छ? आसन्न प्रदेश र संघीय निर्वाचनमा पनि तपाईंहरूको उपस्थिति हुन्छ? 
जसरी टीकापुरमा विभिन्न समुदाय राज्यबाट विभेद र उत्पीडनमा पारिएको देखेका छौं। सबैलाई उन्मुक्ति गराउने हाम्रो मुख्य उद्देश्य रहेको छ। कुनै क्षेत्र, भेग नभनिकन आम नेपाली जनताहरू जो उत्पीडनमा परेका छन्, उनीहरूको उन्मुक्तिका लागि हाम्रो पार्टी स्थापना भएको हो।

आसन्न प्रदेश र संघीय निर्वाचनमा पनि हामी अगाडि बढ्छौं। हामी आउने चुनावमा पनि गुणात्मक रुपले अघि बढ्छौं र त्यसै हिसाबले हाम्रो पार्टीले पनि रणनीतिक योजना बनाएर अघि बढ्नेछ। अबका दिनमा हामीलाई कसैले पनि सानो र जातीय पार्टी भन्ने छैनन्। जनताले हामीलाई जनमत दिएर प्रष्ट पारिसकेका छन्। अब हामी आउँदो चुनावबाट नै राष्ट्रिय पार्टीका रूपमा स्थापित हुनेछौं।

प्रकाशित मिति: शुक्रबार, जेठ १३, २०७९  ०७:२१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
देशभर वर्षा र हिमपातको सम्भावना, सतर्कता अपनाउन विभागको आग्रह
जनसंघर्षमा उत्रियो नेकपा, यस्ता छन् कार्यक्रम
उपचार गर्न पत्नीसहित सिंगापुर जाँदै देउवा
सम्बन्धित सामग्री
के छ बूढीगंगामा पुन: मतगणना अस्वीकार गर्ने सर्वोच्चको आदेशमा? सर्वोच्च अदालतले ९९ प्रतिशतसम्म मतदान भएको बाजुराको बूढीगंगा नगरपालिकामा पुनः मतदान रोक्न मागसहित परेको मुद्दामा पुन: निर्वाचन गराउँ... बुधबार, असार १५, २०७९
काभ्रेपलाञ्चोक जिससमा एकीकृत समाजवादी विजयी जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको निर्वाचनमा नेकपा (एकीकृत समाजवादी) विजयी भएको छ। प्रमुखमा एकीकृत समाजवादीका दीपककुमार गौतम विजय... बिहीबार, असार २, २०७९
बाजुराको बुढीगंगा नगरपालिकामा असारको पहिलो साताभित्र चुनाव गर्ने तयारी बाजुराको बुढीगंगा नगरपालिकामा छिट्टै पुनः निर्वाचन गराउन निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिइसकेको छ। तर... आइतबार, जेठ २९, २०७९
ताजा समाचारसबै
देशभर वर्षा र हिमपातको सम्भावना, सतर्कता अपनाउन विभागको आग्रह सोमबार, कात्तिक १०, २०८२
जनसंघर्षमा उत्रियो नेकपा, यस्ता छन् कार्यक्रम सोमबार, कात्तिक १०, २०८२
उपचार गर्न पत्नीसहित सिंगापुर जाँदै देउवा सोमबार, कात्तिक १०, २०८२
अमेरिका-चीनबीच सम्भावित व्यापार सम्झौताको ढाँचामा सहमति सोमबार, कात्तिक १०, २०८२
आज छठ पर्व, अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै सोमबार, कात्तिक १०, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
स्वास्थ्य मन्त्री शर्माको यस्तो छ विगत आइतबार, कात्तिक ९, २०८२
स्वास्थ्य मन्त्रीमा डा सुधा शर्माको नाम सिफारिस, साढे २ बजे सपथ आइतबार, कात्तिक ९, २०८२
११ हजार ६ सयले घट्यो सुनको मुल्य आइतबार, कात्तिक ९, २०८२
सरकारले आधिकारिक रूपमा वार्तामा बोलाएको हो भने स्वागत गर्छौँ : दुर्गा प्रसाईँ आइतबार, कात्तिक ९, २०८२
अमेरिकासँग भिड्दै नेपाल आइतबार, कात्तिक ९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
१३ दिनदेखि हराएकी बालिका टाउको र शरीर छुटिएको अवस्थामा मृत फेला शुक्रबार, कात्तिक ७, २०८२
जिम्मेवार भइदिन प्रदर्शनकारीलाई गृहमन्त्रीको आग्रह शनिबार, कात्तिक ८, २०८२
स्वास्थ्य मन्त्री शर्माको यस्तो छ विगत आइतबार, कात्तिक ९, २०८२
स्वास्थ्य मन्त्रीमा डा सुधा शर्माको नाम सिफारिस, साढे २ बजे सपथ आइतबार, कात्तिक ९, २०८२
गृहमन्त्रीले भागेको भनेका पूर्वऊर्जामन्त्री घरबाटै लाइभ सोमबार, कात्तिक ३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्