काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले ल्याएको नीति तथा कार्यक्रममा कुनै नयाँ कार्यक्रम नरहेको टिप्पणी गरेका छन्।
बुधबार बसेको पार्टी संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले सरकारको नीति तथा कार्यक्रममा पुरानै कुरा दोहोरिएको बताए।
नीति तथा कार्यक्रमबारे बैठकमा ओलीले गरेको टिप्पणी उद्धृत गर्दै एमाले नेता शेरबहादुर तामाङले भने, 'स्थानीय निर्वाचन पछि आएको नीति तथा कार्यक्रमले आसा जगाउने कार्यक्रमहरु ल्याउनु पर्नेमा त्यसबाट चुकेको छ। २ घण्टा लगाएर राष्ट्रपतिले प्रस्तुत गरेको नीति तथा कार्यक्रम पुरानै निरन्तरता भएकाले यसले केही आसा देखाउन सकेन।'
सरकारले ल्याएको नीति तथा कार्यक्रमबारे सत्ता पक्षबाटै सकारात्मक टिप्पणी नआएकाले यो सफल नहुने ओलीको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।