काठमाडौं– नेकपा एमालेका नेता भीम रावलले सरकारको नीति तथा कार्यक्रममा अघिल्लो सरकारले थालेकै कुराहरु दोहोरिएको प्रतिक्रिया दिएका छन्।
संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, ‘बैठकमा सरकारको नीति तथा कार्यक्रमका बारेमा छलफल भयो, कतिपय कुराहरू अघिल्लो सरकारले गरेका कुराहरू दोहोरिएका छन्।’
यस्तै उनले सरकारका तर्फबाट प्रस्तुत नीति तथा कार्यक्रममा समेटिएका कतिपय कुराहरु नेपालको असंलग्न परराष्ट्र नीति विपरित भएको उनको भनाइ छ।
‘असंलग्न परराष्ट्र नीति विपरित जलविद्युत् साझेदारीका कुरा छन्। ती राष्ट्रहित विपरित छन्’, उनले भने। यस्तै उनले निर्वाचनमा पार्टीभित्रैबाट अन्तर्घात भएको भन्ने कुरा बैठकमा उठे पनि गम्भिर रुपमा छलफल नभएको बताए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।