एमाले अध्यक्ष एवम् संसदीय दलका नेता केपी शर्मा ओली (फाइल तस्बिर)
काठमाडौं– संघीय संसद्को प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ। अहिले दिउँसो ३ बजे बानेश्वरमा बस्ने गरी संसदीय दलको बैठक बोलाइएको एमालेका सांसद शेरबहादुर तामाङले जानकारी दिए।
सरकारले संसद्मा नीति तथा कार्यक्रम पेस गरिसकेपछि एमालेले संसदीय दलको बैठक बोलाएको हो। मंगलबार संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन्।
सरकारको नीति तथा कार्यक्रममाथि बिहीबारदेखि संसद्मा छलफल हुँदैछ।
एमालेले सरकारको नीति तथा कार्यक्रमबाट संस्थागत धारणा निर्माण गर्न र बजेटमाथिको छलफलमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल गर्न संसदीय दलको बैठक बोलाएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।