काठमाडौं- ललितपुर महानगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ। नगर प्रमुखमा कांग्रेस उम्मेदवार चिरिबाबु महर्जन निर्वाचित भएका हुन्।
मंगलबार सम्मपन्न मतगणनामा महर्जनले ४२ हजार ७२२ मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका हरिकृष्ण ब्यञ्जनकारले २४ हजार ५६० मत पाए।
महर्जन २०७४ को निर्वाचनमा पनि ब्यञ्जनकारलाई पराजित गर्दै महानगरको प्रमुख बनेका थिए।
उपमेयरमा भने एमाले उम्मेदवार मन्जली शाक्य बज्राचार्य निर्वाचित भएकी छन्। उनले २५ हजार ८४ मत पाउँदा नेकपा माओवादी केन्द्रका बाबुराज बज्राचार्यले १८ हजार ७५२ मत पाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।