• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

रुकुम नरसंहारको दुई वर्ष : माइतीघर आइपुगेका आमाहरुको आँखामा अझै आँसु

64x64
धनु विश्वकर्मा मंगलबार, जेठ १०, २०७९  १८:५०
1140x725
तस्बिरहरु : निमेष जंग राई/नेपाल लाइभ

काठमाडौं— मंगलबार मध्यान्ह काठमाडौंको माइतीघर मण्डलमा ‘आभा फर क्रिएटिभिटी’ले नाटक प्रदर्शन थाल्यो। छेउमा पाँच जना आमाहरू बसेका छन्। आमाहरू नवराज विकसहितका छोराको तस्बिरमा एकोहोरो हेरिरहेका छन्।

पश्चिम रुकुमको चौरजहारीमा दुई वर्षअघि भएको ‘सामूहिक हत्या’मा नवराज विकसहित उनका साथीहरूले ज्यान गुमाएका थिए।

‘हत्या’मा संलग्न दोषीलाई कारबाहीका लागि माइतीघर मण्डलमा खबरदारी कार्यक्रम गरिएको हो। त्यही कार्यक्रमको ब्यानरमुनि आमाहरु न्याय पाउने आसामा बसेका छन्।

खबरदारी कार्यक्रममा देखाइएको नाटकमा कलाकारले अभिनय गर्दै जाँदा आमाहरूका आँखा रसाउन थाल्छन्। एक पात्र हातमा रहेको गुलाबको फूल प्रेमिकालाई दिँदै गर्दा रगताम्य भएर ढले। पात्रसँगै प्रेम ढल्यो। अनि, त्यहीँबाट दन्कियो प्रतिरोधको आगो।

यति नै बेला काखमा नानी च्यापेका आमाहरूको आँखाबाट आँसुको भेल बग्यो। यो दृश्यले रुकुम ‘नरसंहार’को झल्को दिइरहेको थियो। 

 

दुई वर्षअघि २०७७ जेठ १० गते जाजरकोटको भेरी नगरपालिका–४ का नवराज विकसहित ६ जनाले ज्यान गुमाए। कारण थियो, कथित माथिल्लो जातकी किशोरीसँगको प्रेम सम्बन्ध। 

Ncell 2
Ncell 2
nimb
nimb

रुकुम पश्चिमको चौरजहारी–८ सोतीगाउँकी प्रेमिका सुस्मा मल्ललाई लिन नवराज साथीसहित त्यहाँ पुगेका थिए। केटीका परिवारले सम्बन्ध स्वीकार गर्न नसक्ने अवस्था भएपछि नवराज साथीहरू लिएर भगाउन गएका थिए। तर, उनकी प्रेमिकाका परिवारले नवराजसहित साथीहरूलाई लेखेटी–लेखेटी भेरीमा हेलिन बाध्य पारे। उक्त घटनामा नवराज, लोकेन्द्र सुनार, सन्दीप विश्वकर्मा, गणेश बुढा, टिकाराम सुनार र गोविन्द शाहीले ज्यान गुमाए। १२ जना घाइते भए।  

सोही घटनामा संलग्नलाई कारबाहीको लागि खबरदारी गर्न विभिन्न संघसंगठनले मंगलबार माइतीघरमा कार्यक्रम आयोजना गरेका हुन्। सोही खबरदारी कार्यक्रममा मृतक पाँच जनाका आमा जाजरकोटबाट काठमाडौं आइपुगेका हुन्। 

गाउँमा यति बेला कामको चटारो छ। गहुँ बाली भित्र्याउनु ढिला भइसकेको छ। तर, छोराका हत्यारालाई कारबाही नभएसम्म उनीहरू ढुक्कले बस्न पाएका छैनन्। 

आमाहरूका आँखामा सुकेन आँसु
छोरा गुमाएको दुई वर्षपछि  पनि लोकेन्द्र सुनारकी आमा लक्ष्मीका आँखामा आँसु उस्तै छ। घरमा दुई छोरा एक छोरी छन्। जेठो छोरो बिहे गरेर अलग बस्छन्। कान्छा छोरा र छोरीसँगै छन्। दुर्घटनामा परेर २०७४ फागुनमा श्रीमानको मृत्यु भयो। छोरी पनि घाइते छिन्। 

महाराजगञ्जस्थित टिचिङ अस्पतालमा तीन महिना छोरीको उपचारमा बसिन्। छोराको न्यायका लागि उनी तीन पटक काठमाडौं आइसकिन्। यसपटक पनि जाजरकोट छाड्दैदेखि उनका आँखा बगेका हुन्। स्वर भासिइसकेका छ। संघर्ष जारी छ। तर, आफूहरूलाई राज्यले न्यायको प्रत्याभूति नदिएको उनले गुनासो गरिन्।

सन्दीप विककी आमा सविता पनि न्यायका लागि काठमाडौं आएकी छिन्। सन्दीपको छोरा ५ वर्षको भयो। ‘नातिलाई हेरेर छोराको नियास्रो मेट्ने गरेको छु। बुहारी माइतिमा छिन्। बेलाबेला आउँछिन्,’ उनले भनिन्, ‘लाउँला र खाउँलाको उमेरमा छोराका हत्या गरिदिए। दुई वर्ष भयो न्याय पाएको छैन। बुहारीलाई घर पनि बिरानो भयो।’ श्रीमानले नेपाली सेनाबाट अवकाश पाएकाले घरखर्च त्यहीँबाट आउँछ।

उनलाई वर्तमान अर्थमन्त्री जर्नादन शर्मासँग पनि चित्त दुखाइ छ। ‘उनले हाम्रा छोरा नदीमा हामफालेर मरेको भने। तर, बन्चरो, खुकुरी, आसी र भाटाले हानेर छेदविछेद भएका शरीर थिए। जनार्दन शर्माले कसरी भन्नु भयो भेरीमा हाम फालेर मरेका?’ उनले प्रश्न गरिन्। 

टीकाराम नेपालीका आमा गिता नेपाली काखमा तीन महिनाको बच्चा बोकेर काठमाडौं आएकी छन्। उनी सुत्केरीबाट बल्ल उठेकी हुन्। छोराको मृत्यु भएको दुई वर्ष बित्यो। न्यायको अनुभूति भएको छैन।

घरमा श्रीमान् छन्। गहुँ चुटेर आएकी हुन्, थन्काएको छैन। ज्यालादारी गरेर घरखर्च चलाउँछन्। छोरीको बिहे भैसकेको छ। ‘हाम्रो साहारा छोरा थियो। काम गरेर पनि पाल्छ भन्ने थियो, तर, हत्या गरिदिए,’ उनी भन्छिन्, ‘न्याय पाउँला भनेर काठमाडौंसम्म आएका छौँ। यो दुई वर्ष कहिले काठमाडौं, कहिले सुर्खेत, कहिले रुकुम, कहिले जाजरकोट गर्दा बिते। कुनै रात छैन होला, चैनको निन्द्रा परेको होस्।’ 

न्यायको आशा लिएर नवराज विककी आमा उर्मीला पनि काठमाडौं आएकी छिन्। बुवा मुनलाललाई भने ढाडको समस्या भएकाले हिँडडुल गर्न पनि गाह्रो छ। थुनामा राखेका ११ जना छुटिसकेकाले न्याय मिल्दैन कि भन्ने उनलाई डर छ। आरोपितहरू छुट्दै जाँदा आफूहरू पनि मारिने हो कि भन्ने डर भएको उनी बताउँछिन्। 

बुढेसकालको साहारा मारिएपछि आफूहरू न्यायका लागि लड्न बाध्य भएको उनी बताउँछिन्। ‘मर्ने त अब मरिसके। फर्केर आउँदैनन्। तर, न्याय नमरोस् भनेर हामी यहाँ आएका हौँ,’ उनी भन्छिन्। 

उक्त घटनामा मृत्यु भएका गणेश बुढाकी आमा राधिका पाँच हजार रुपैयाँ ऋण काढेर काठमाडौंमा आएकी हुन्। पहिलो पटक काठमाडौंमा पाइला टेकेकी उनी माइतीघर मण्डलमा छोराकै फोटो राखिएको ब्यानरमुनि बसेकी छन्। चार पटक सुर्खेत, तीन पटक रुकुम र यसपटक काठमाडौं धाउँदा धेरै खर्च भइसकेको उनी बताउँछिन्। यसपटक पनि ल्याएको पैसा सकिएपछि उनले श्रीमानलाई ऋण खोजेर पठाइदिन भनेकी छन्। ‘ज्यालामजदुरी गरेर खानुपर्छ। तर, जति पैसा खर्च भए पनि छोरोका लागि न्याय मिलोस्,’ उनी भन्छिन्।

प्रकाशित मिति: मंगलबार, जेठ १०, २०७९  १८:५०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
धनु विश्वकर्मा
लेखकबाट थप
तिज : सतिप्रथाको एक अवशेष!
बीपीको रोजाइ लिलाबाबु, सुवर्णको हिमालय शमशेर!
अनलाइन सपिङका नाममा ठगी:  देखाउने एउटा, बिक्री अर्कै
सम्बन्धित सामग्री
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
एमालेको केन्द्रीय कमिटीको बैठक बस्दै सोमबार, असोज ५, २०८३
पुवा खोलामा बेलिब्रिज जडान सम्पन्न, आइतबार साँझदेखि यातायात सञ्चालनमा सोमबार, असोज ५, २०८३
तीन वटा संसदीय समितिको बैठक बस्दै सोमबार, असोज ५, २०८३
नक्कली ब्लुबुक बनाउने व्यक्ति ४ राउण्ड गोली लोड भएको पेस्तोलसहित पक्राउ सोमबार, असोज ५, २०८३
कास्कीमा एक महिनामै ५६ जना फरार प्रतिवादी पक्राउ सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्