काठमाडौं- नेकपा एमालेका सचिव एवम् प्रतिनिधि सभा सदस्य योगेश भट्टराईले सरकारले ल्याएको नीति तथा कार्यक्रममा नयाँ कुनै कुरा नभएको बताएका छन्।
मंगलबार सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिने क्रममा उनले यस्तो बताएका हुन्। भट्टराईले नीति तथा कार्यक्रम परम्परागत रहेको बताए।
‘दुईघन्टा पढिएको छ। यो समयमा कुनै नयाँ कुरा छैन। नयाँ सपना छैन,’उनले भने,‘देशबासीहरुलाई अपिल गर्ने कुनै त्यस्तो योजना नीति कार्यक्रममा छैन। उत्साह दिएको छैन। उद्येश्य विहीन गन्तव्य विहीन छ। यो। अहिलेको आर्थिक संकट जुन देखिएको छ त्यसमा केही उल्लेख छैन।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।