काठमाडौं– पूर्वप्रधानमन्त्री तथा जसपाका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले सरकारको नीति तथा कार्यक्रम सकारात्मक भएको बताएका छन्।
मंगलबार संघीय संसद् भवन परिसरमा प्रतिक्रिया दिँदै उनले नीति तथा कार्यक्रममा सुधारको संकेत गरिएको बताए।
‘आर्थिक विकास र समृद्धिलाई केन्द्रमा राखिएको छ। तर, मेरो विचारमा सामान्य सुधारले पुग्दैन,’ उनले भने, ‘सुधारात्मक कुरा सकारात्मक छन्। तर, पर्याप्त छैन।’
उनले नयाँ कुरा आफूहरुले आँट गर्न नसकेको बताएका छन्। तर, नीति तथा कार्यक्रम भने निकै लामो भएको उनको टिप्पणी छ। ‘यति लामो बनाउन जरुरी थिएन, तर सधारात्मक रुपमा हेर्दा १९ को २० भने भएको छ’, उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।