काठमाडौं– सरकारले छिमेकी देशसँग रहेको सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्ने जनाएको छ। मंगलवार संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममा छिमेकी राष्ट्र सँगको सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गरिने उल्लेख छ।
लिपुलेक, लिम्पीयाधुरादेखि अन्य क्षेत्रको सीमा विवाद नेपालसँग भएका ऐतिहासिक तथ्य र प्रमाणका आधारमा समाधान गरिने नीति तथा कार्यक्रममा उल्लेख छ। केही समय पहिले नेपालले लिम्पियाधुरा नेपालको भएको दाबी गर्दै संसदबाट चुच्चे नक्सा पारित भएको थियो।
नक्सा पारित भए पनि उक्त क्षेत्रमा भारतीय सेना रहँदै आएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले केही समय अगाडिको आफ्नो भारत भ्रमणका क्रममा सीमा विवादको कुरा उठाएका थिए। तर भारतीय पक्षले ठोस जवाफ दिएको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।