काठमाडौं- सरकारले सबै अस्पतालमा अनिवार्य रुपमा विद्युतीय मेडिकल रेकर्ड लागू गर्ने भएको छ। सरकारले नीति तथा कार्यक्रममा यसलाई समेट्दै डिजिटल हेल्थ कार्यक्रम कार्यान्वयन गरिने बताएको हो।
नीति तथा कार्यक्रममा भनिएको छ, 'सवै अस्पतालमा एकीकृत विद्युतीत स्वास्थ्य सूचना प्रणाली (इलेक्ट्रोनिक मेडिकल रेकर्ड) लागू गरिनेछ।'
यसैगरी औषधोपचारको क्रममा अस्पतालमा हुने मृत्युको अनिवार्य रुपमा अडिट गरिने बताइएको छ। स्वास्थ्य संस्था, चिकित्सक र स्वास्थ्य सुरक्षाकर्मीको सुरक्षाका लागि कानुनमा कडाइ गरिने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।