काठमाडौं- सरकारले डडेलधुरामा मेडिकल कलेज सञ्चालनमा ल्याउने जनाएको छ।
मंगलबार संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपतिद्वार प्रस्तुत सरकारको नीति तथा कार्यक्रममा उक्त कुरा उल्लेख गरिएको हो।
‘सुदूरपश्चिम विश्वविद्यालयको सहयोगमा डडेलधुरामा मेडिकल कलेज सञ्चालनमा ल्याइने छ’ नीति तथा कार्यक्रममा भनिएको छ ‘प्रत्येक प्रदेशमा दुई मेडिकल कलेज प्रतिष्ठान निर्माण र संचालन गरिने नीति लिइने छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।