काठमाडौं- सरकारले शिक्षक दरबन्दीमा पुनरावलोकन गर्ने भएको छ। मंगलबार संघीय संसद्को संयुक्त बैठकले राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा प्रस्तुत नीति तथा कार्यक्रममा सो विषय उल्लेख छ।
'विज्ञान, गणित, अंग्रेजी र प्रविधि शिक्षकको अभाव नहुने गरी सामुदायिक विद्यालयमा शिक्षक र विद्यार्थीको अनुपातको आधारमा शिक्षक दरबन्दी पुनरावलोकन गरिनेछ', नीति तथा कार्यक्रममा भनिएको छ।
त्यस्तै, गुणस्तरीय शिक्षाको राष्ट्रिय मानक निर्धारण गर्ने विशिष्टीकृत नमुना विद्यालय सञ्चालनमा ल्याइने भनिएको छ। सरकारले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमलाई परिमार्जन गर्ने भनेको छ। 'राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमलाई परिमार्जन गरी शैक्षिक गुणस्तर वृद्धि, भौतिक पूर्वाधार विकास र अतिरिक्त क्रियाकलाप सञ्चालन गरिनेछ', नीति तथा कार्यक्रममा भनिएको छ।
दिवा खाजा कार्यक्रमलाई कक्षा आठसम्म विस्तार गरिने पनि नीति तथा कार्यक्रममा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।