काठमाडौं– सरकारले महिला, बालबलिका, जेष्ठ नागरिक, अपांगता भएका व्यक्ति तथा यौनिक अल्पसंख्यकको समस्या सम्बोधन गर्न प्रदेश तथा स्थानीय तहमा इकाई बनाउने भएको छ। मंगलबार प्रस्तुत नीति तथा कार्यक्रममा सो विषय उल्लेख छ।
राष्ट्रपतिले प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रम भनिएको छ– महिला, बालबालिका, जेष्ठ नागरिक, अपांगता भएका व्यक्ति एवं लैंगिक तथा यौनिक अल्पसंख्यक व्यक्तिहरुका हित संरक्षण तथा समस्या सम्बोधन गर्न प्रदेश तथा स्थानीय तहको सहकार्यमा जिल्ला स्तरमा समन्वय इकाईको प्रवन्ध मिलाइने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।