काठमाडौं– सरकारले फेसबूकलगायतका सामाजिक सञ्जाललाई करको दायरामा ल्याइने भएको छ। मंगलबार संघीय र राष्ट्रियसभाको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा प्रस्तुत नीति तथा कार्यक्रममा सो कुरा उल्लेख छ।
सामाजिक सञ्जाललाई करको दायरामा ल्याउने विषय केही समयदेखि छलफल हुँदै आएको छ। तर, सरकारले अहिलेसम्म सामाजिक सञ्जाललाई करको दायरामा ल्याउन सकेको थिएन।
अब भने नीति तथा कार्यक्रममै समावेश गरेर सामाजिक सञ्जाललाई करको दायरामा ल्याउने घोषणा गरेको छ। त्यसैगरी साइबर सुरक्षा प्रणाली पनि लागू गरिने बताइएको छ। विद्युतीय प्रणालीलाई सुरक्षित बनाउने उद्देश्यका साथ साइबार सुरक्षा प्रणाली लागू गर्न लागिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।