काठमाडौं- सरकारले सुर्खेतको भेरिगंगा रामघाटमा प्रादेशिक विमानस्थल बनाउने भएको छ।
मंगलबार संघीय संसदको दुवै सदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उक्त ठाउँमा प्रादेशिक विमानस्थल बनाइने बताइएको हो।
यसैगरी देशका विभिन्न ठाउँका टर्मिनललाई आधुनिक बनाइने पनि सरकारको नीति छ।
चन्द्रगढी, विराटनगर, राजविराज, जनकपुर सिमरा, भरतपुर, नेपालगञ्ज र धनगढीमा सुविधाजनक टर्मिनल निर्माण गरिने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।