काठमाडौं– सरकारले नवप्रवर्तनमा आधारित उद्योग व्यवसायको स्टार्टअपमा सहजीकरण गरी युवा उद्यमीलाई आकर्षित गर्ने नीति लिएको छ।
प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा प्रस्तुत नीति तथा कार्यक्रममा उक्त कुरा उल्लेख गरिएको छ। सरकारको नीति तथा कार्यक्रममा भनिएको छ, ‘नवप्रवर्द्धनमा आधारित स्टार्टअप स्थापना र सञ्चालमा सहजीकरण गरिनेछ।’
सरकारले बौद्धिक सम्पत्ति अधिकारको सुनिश्चित गर्ने तथा लागत घटाएर निर्यात प्रोत्साहन गर्ने पनि जनाएको छ।
युवा उद्यमीलाई स्वदेशमा उद्दम गर्न प्रोत्साहित गर्नका लागि परम्परागत ज्ञान र सीपलाई आधुनिकीकरण गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।