काठमाडौं- सरकारले लुम्बिनी, पशुपति र जनकपुरलाई धार्मिक पर्यटनको केन्द्रको रुपमा विकास गर्ने भएको छ।
मंगलबार संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपतिद्वारा प्रस्तुत सरकारको नीति तथा कार्यक्रममा सो विषय उल्लेख छ।
'बराहक्षेत्र, चतराधाम र रामधुनी क्षेत्र तथा कोशीटप्पु वन्यजन्तु आरक्षण समेटी बृहत् धार्मिक सांस्कृतिक पर्यटन केन्द्रको रुपमा विकास गर्न एकीकृत कार्यक्रम सञ्चालनमा ल्याइने छ', राष्ट्रपतिद्वारा प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा भनिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।