काठमाडौं– सरकारले कृषि, वन तथा खानी क्षेत्रका उत्पादनलाई औद्योगिक प्रशोधनमा जोड्न ‘फार्म टु इन्डस्ट्री’ कार्यक्रम सञ्चलन गर्ने भएको छ। मंगलबार प्रस्तुत नीति तथा कार्यक्रममा सो विषय उल्लेख छ।
राष्ट्रपतिले प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रम भनिएको छ–कृषि वन तथा खानी क्षेत्रका उत्पादनलाई औद्योगिक प्रशोधन श्रृङखलामा जोड्न फार्म टु इन्डस्ट्री एकीकृत नमूना कार्यक्रम सञ्चालन गरिनेछ।
त्यस्तै, सफा प्रविधिमार्फत् औद्योगीकरण गरि विशेष प्रकृतिका कार्यक्रम सञ्चालन गरिने र कार्यन्वयन नीति तथा कार्यक्रममा उल्लेख छ। उर्जा, दक्षता तथा नविकरणिय उर्जाको उपयोगबाट हरित अर्थतन्त्रको विकास गर्नेगरि औद्योगिक प्रवद्र्धन गरिने कार्यक्रममा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।