काठमाडौं– सरकारले आगामी दुई वर्षभित्र भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधान गरिने बताएको छ। मंगलबार प्रस्तुत नीति तथा कार्यक्रममा सो विषय उल्लेख छ।
राष्ट्रपतिले प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रम भनिएको छ– आगामी दुई वर्ष भित्रमा भूमिहिन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधान गरिनेछ।
त्यस्तै, सरकारले पुर्ण रुपमा समाजमा स्थापना हुन बाँकी मुक्त कमैया, हलिया र कमलरी तथा मुक्त घोषणा नभएका हरुवाचरुवाका लागि तीनै तहको सरकारले उनीहरु लक्षित कार्यक्रम सञ्चालन गर्ने निति तथा कार्यक्रममा उल्लेख छ।
सरकारको नीति तथा कार्यक्रम भनिएको छ–पूर्ण स्थापना हुन बाँकी मुक्त कमैया, हलिया र कमलरी तथा मुक्त घोषणा हुन बाँकी हरुवा चरुवाका लागि तीनै तहका सरकारको समन्वयमा, उत्पादन, रोजगारी र क्षमता विकासका कार्यक्रम सञ्चालन गरिनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।