• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ २३, २०८३ Tue, Sep 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्थानीय निर्वाचन

स्थानीय तहको निर्वाचनमा साना आठ दलको जित,  तीन वटालाई पहिलो पटकमै सफलता

64x64
नेपाल लाइभ बुधबार, जेठ ११, २०७९  १३:०३
1140x725

काठमाडौं–स्थानीय तहको निर्वाचनमा राष्ट्रिय पार्टी बन्न नसकेका साना आठ दलले अस्तित्व रक्षा गरेका छन्। तीमध्ये चारवटा दलले पहिलोपटक जितेका छन्। जित्नेमा तीन दलले पहिलोपटक निर्वाचनमा भाग लिएका हुन्। 

स्थानीय तहको निर्वाचनमा ८० वटा दलले सहभागिता जनाएका थिए। ६ वटा राष्ट्रिय दलहरुसहित आठ साना दलले जित निकाल्न सफल भएका हुन्। जित्नेमध्ये तीनवटाले यही वर्षदेखि निर्वाचनमा सहभागिता जनाएका थिए।

पहिलोपटक निर्वाचनमा भाग लिएकामध्ये नागरिक उन्मुक्ति पार्टीले चारवटा पालिका, जनमत पार्टीले दुईवटा पालिका र जनता प्रगतिशील पार्टीले एकपालिका जितेका छन्। यसपल्ट १२ स्वतन्त्र उम्मेदवारसमेत विजयी भएका छन् भने एक जना जितनिकट छन्।

राप्रपाको हिसाब बराबर
राष्ट्रिय प्रजातन्त्र पार्टीले २०७४ को प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षमा एक सिट जिते पनि तीन प्रतिशत मत पुर्‍याउन नसक्दा राष्ट्रिय पार्टी बन्न सकेन। २०७४ सालकै स्थानीय तहको निर्वाचनमा राप्रपाले चार पालिका जितेको थियो। यसपल्ट पनि चारवटा पालिका जितेर हिसाब बराबर गरेको छ। 

गत वर्ष नेपालगञ्ज उपमहानगरपालिकासमेत जितेको राप्रपाले तीन ठाउँमा जित दोहोर्‍याउन सकेन। तर, थप तीन ठाउँमा जितेर चारवटा पालिकामा कायम राख्न सफल भयो। 

राप्रपाले झापाको दमक नगरपालिका र हल्दिबारी गाउँपालिका, कपिलवस्तुको शिवराज नगरपालिका तथा काठमाडौंको शंखरापुर नगरपालिका जितेको छ। 

नागरिक उन्मुक्तिको मुद्दा अनुमोदन 
स्थानीय तहको निर्वाचनको केही महिनाअघि मात्रै निर्वाचन आयोगमा दर्ता भएको दल हो नागरिक उन्मुक्ति पार्टी। उक्त पार्टीले कैलाली जिल्लाका चारवटा स्थानीय तह जितेको छ। टीकापुर प्रकरणका दोषीका रुपमा जेलमा रहेका रेशम चौधरीकी श्रीमती रञ्जिता श्रेष्ठ चौधरीको अध्यक्षतामा खुलेको पार्टीले टीकापुर नगरपालिकाकै प्रमुख पनि जितेको छ। 

उक्त पालिकामा रामलाल डगौरा थारु प्रमुखमा निर्वाचित भएका हुन्। यसैगरी जानकी गाउँपालिकाको अध्यक्षमा गणेश चौधरी र उपाध्यक्षमा लालमतीदेवी कठरिया, भजनी नगरपालिकाको मेयरमा केवल चौधरी र उपमेयरमा राजु तिरुवा र जोशीपुर गाउँपालिकाको अध्यक्षमा चित्रबहादुर चौधरी र उपाध्यक्ष रेखादेवी कठरियाले जितेका छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

गठबन्धनले जोगियो जनमोर्चा
राष्ट्रिय जनमोर्चाले चारवटा पालिकाको प्रमुख र दुईवटा पालिकामा उपप्रमुख जितेको छ। पाँचदलीय सत्ता गठबन्धनको एक घटक जनमोर्चालाई गठबन्धनले जोगाएको हो। 

अर्घाखाँचीको भूमिकास्थानमा गठबन्धनका तर्फबाट जनमोर्चाका उम्मेदवार झविलाल थापा एमालेका रेशम थापालाई हराउँदै विजयी बने। यसैगरी बाग्लुङको वरेङ गाउँपालिकामा कृष्णप्रसाद शर्मा र जैमुनी गाउँपालिकामा नरबहादुर पुनले एमाले उम्मेदवारलाई पराजित गर्दै प्रमुख जिते। प्यूठानको मल्लरानीमा पनि एमालेका शिवराज श्रेष्ठलाई हराउँदै जनमोर्चाका कृष्णहबहादुर खड्का विजयी बनेका हुन्। 

सिके राउत दुईमा सिमित
तराईलाई स्वतन्त्र देश बनाउने हिंसात्मक गतिविधि छाडेर शान्तिपूर्ण राजनीतिमा आएका सिके राउतको जनमत पनि यसपल्ट परीक्षण भएको छ। जनमत पार्टी खोलेर उनले विभिन्न जिल्लाका सय भन्दा बढी पालिकामा उम्मेदवार उठाएका थिए। 

चुनावअघि किसानका मुद्दालाई उठाएर आन्दोलनको रुपसमेत दिए पनि अपेक्षित नतिजा हासिल गर्न सकेनन्। जनमत पार्टीका नेता वीरेन्द्र माझीले सप्तरीको हनुमान नगरी कंकालिनी नगरपालिका प्रमुख जिते। यसैगरी बालन–विहुल गाउँपालिकाले खेमचन्द्र यादवले प्रमुख र रेणु यादवले उपप्रमुखमा जनमत पार्टीबाटै जित हात पारे। 

मर्चबारीमा जोगिए हृदेयश 
राजनीतिमा लामो समयदेखि भए पनि पार्टीविहीन रहेका हृदेयश त्रिपाठी २०७४ सालमा एमालेको सूर्य चिह्न लिएर आफूलाई प्रतिनिधिसभा सदस्य बनाए। यसपल्ट आफ्नै जनता प्रगतिशील पार्टी खोलेका उनको प्रभाव भने देखिएन। 

रुपन्देही मर्चबारी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष हृदेयश शून्य हुनबाट जोगिएका छन्। अध्यक्षमा गयाप्रसाद बरई र उपाध्यक्षमा आशा सिंहले जिते भने सात वडामध्ये दुईटा वडाध्यक्षसमेत उक्त पार्टीको भागमा परेको छ।

भक्तपुर नगरमा नेमकिपा 
नेपाल मजदुर किसान पार्टी उपत्यकाबाहिरबाट खुम्चिँदै भक्तपुरमा सिमित भएको छ। भक्तपुर नगरपालिकामा भने उक्त पार्टीले एकछत्र जित निकालेको छ। 

भक्तपुरको प्रमुखमा सुनिल प्रजापति दोहोरिँदा अन्य दलले प्रतिस्पर्धासमेत गर्न सकेनन्। प्रजापतिले २९ हजार २ सय ५२ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी कांग्रेसका रामप्रसाद कासुलाले ३ हजार ४ सय ७ मत प्राप्त गरेका छन्।

उपप्रमुखमा नेमकिपाकै रजनी जोशीले २९ हजार ७ ५९ मत प्राप्त गरिन् भने निकटतम प्रतिस्पर्धी एमालेकी रञ्जना खर्बुजाले २ हजार ९ सय ८८ मत ल्याइन्। 

विवेकशील साझालाई सफलता 
विवेकशील साझा पार्टी गएको निर्वाचनमा एक्ला–एक्लै हुँदा पनि काठमाडौं महानगरमै प्रतिस्पर्धी बन्ने लक्षण देखाएका हुन्। तर, गएको पाँच वर्षमा दुई पार्टीको नाम एक भयो तर बाँकी छिन्नभिन्न अवस्थामा पुगे। 

प्रभाव घट्दो क्रममा रहेको यो पार्टीले बाराको फेटा गाउँपालिका जितेर आफूलाई जोगाएको छ। अध्यक्षमा रुस्तम अन्सारी र उपाध्यक्षमा निलम साहले जितेका छन्। 

तमलोपाको अस्तित्व कायम
तराई–मधेस लोकतान्त्रिक पार्टी गठन गर्ने अधिकांश नेताहरु त्यसलाई त्यागेर अन्यत्र पुगिसके। पार्टीको नाम फेरेर अर्कै बनाए पनि उक्त पार्टीको अस्तित्व भने कायम रहेको छ। यो निर्वाचनमा दिलीपकुमार पाण्डेयले बाराको महोत्तरी गाउँपालिका प्रमुख जितेर पार्टीको अस्तित्व जोगाइदिएका छन्। 

 

प्रकाशित मिति: बुधबार, जेठ ११, २०७९  १३:०३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कास्कीको किम्रुङ खोला पहिरोले थुनियो
रसुवा बाढीपीडितका लागि भायानेटको २० लाख सहयोग
रसुवा–भोटेकोशी बाढीपीडितलाई फरवार्ड माइक्रोफाइनान्सको ३० लाख सहयोग
सम्बन्धित सामग्री
के छ बूढीगंगामा पुन: मतगणना अस्वीकार गर्ने सर्वोच्चको आदेशमा? सर्वोच्च अदालतले ९९ प्रतिशतसम्म मतदान भएको बाजुराको बूढीगंगा नगरपालिकामा पुनः मतदान रोक्न मागसहित परेको मुद्दामा पुन: निर्वाचन गराउँ... बुधबार, असार १५, २०७९
काभ्रेपलाञ्चोक जिससमा एकीकृत समाजवादी विजयी जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको निर्वाचनमा नेकपा (एकीकृत समाजवादी) विजयी भएको छ। प्रमुखमा एकीकृत समाजवादीका दीपककुमार गौतम विजय... बिहीबार, असार २, २०७९
बाजुराको बुढीगंगा नगरपालिकामा असारको पहिलो साताभित्र चुनाव गर्ने तयारी बाजुराको बुढीगंगा नगरपालिकामा छिट्टै पुनः निर्वाचन गराउन निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिइसकेको छ। तर... आइतबार, जेठ २९, २०७९
ताजा समाचारसबै
कास्कीको किम्रुङ खोला पहिरोले थुनियो मंगलबार, भदौ २३, २०८३
रसुवा बाढीपीडितका लागि भायानेटको २० लाख सहयोग मंगलबार, भदौ २३, २०८३
रसुवा–भोटेकोशी बाढीपीडितलाई फरवार्ड माइक्रोफाइनान्सको ३० लाख सहयोग मंगलबार, भदौ २३, २०८३
बाढी प्रभावित क्षेत्रमा आज दिनभर खोज तथा उद्धार : ८१ जनाको उद्धार, टनेलमा एक शव फेला मंगलबार, भदौ २३, २०८३
इजरायलमा केयरगिभरका लागि खुल्यो एक हजार ४६४ लाई रोजगारी, मासिक तीन लाख तलब मंगलबार, भदौ २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
कुशको प्रतिमा बनाएर अन्त्येष्टिपछि बेपत्ता व्यक्ति जीवित भेटिए के हुन्छ ? मंगलबार, भदौ २३, २०८३
नेपाल लाइभको समाचारमा रास्वपाको स्पष्टीकरण– ‘रास्वपाले समाचार बुलेटिन चलाएको होइन, सूचना प्रसार गरेको हो’ सोमबार, भदौ २२, २०८३
कांग्रेस मिलाउन गगन देउवा पक्षको माग पूरा गर्न तयार छन् ? सोमबार, भदौ २२, २०८३
भोटेकोशी बाढी प्रभावित क्षेत्रको अनुगमनपछि मानव अधिकार आयोगले औंल्यायो त्रुटि नै त्रुटि सोमबार, भदौ २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
क्षणभरमै सत्ता खरानी हुन सक्छ भन्ने जेन्जी विद्रोहको सन्देश नभुलौँ नेपाल लाइभ
जेनजी आन्दोलनको एक वर्ष : परिवर्तन भयो त? नेपाल लाइभ
विपत्तिमा राजनीति होइन, उदार नीति प्रदर्शन गरौं डा.रुद्रनाथ अधिकारी
बाढीपछि पुनर्स्थापना : राहतबाट आत्मनिर्भरतातर्फको बाटो नरेन्द्र कटुवाल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
मुटुको शल्यक्रिया गर्ने औजारमा बदमासी गर्ने बायोमेड कालोसूचीमा बुधबार, भदौ १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्