ताप्लेजुङ–ताप्लेजुङमा बाख्रा चराउन जंगल गएकी किशोरी सोमबार मृत भेटिएकी छन्। फुङलिङ नगरपालिका–३ सिम्लेकी १७ वर्षीया शर्मिला भट्टराई मृत भेटिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।
भीरबाट लडेर किशोरीको मृत्यु भएको हुनसक्ने प्रहरीले आशंका गरेको छ। आइतबार मध्यान्ह १२ बजेतिर बाख्रा लिएर गएकी उनी साँझसम्म घर नफर्किएपछि परिवारका सदस्य खोजीमा निस्किएका थिए।
बाख्रा बाटोमा भेटेपछि उनीहरूले खोजी गर्ने क्रममा मृत भेटिएको र प्रहरीलाई खबर गरेको स्थानीयवासीले जनाएका छन्। किशोरीको मृत्युबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।