चितवन– भरतपुर अस्पतालले सातामा पाँच दिन बिहान ७ बजेबाट नै ओपीडी टिकट खुला गरेको छ। अस्पतालले सातामा दुई दिन बिदा हुँदा बिरामीको चाप बढेकाले बिहान ७ बजेबाट नै पहिलो पटक टिकट खुला गरेको हो।
अस्पतालका मेडिकल सुपरिटेण्डेण्ड प्राडा कृष्णप्रसाद पौडेलका अनुसार यसअघि बिहान ८ बजेबाट ओपीडी टिकट खुला गरिँदै आएकोमा एक घण्टा अघिदेखि नै टिकट वितरण सुरु गरिएको हो। उनका अनुसार बिहान ८:३० बजेदेखि जीओपीडी (जनरल ओपीडी) सेवा सुरु हुनेछ भने विशेषज्ञ क्लिनिक ९:३० बजेबाट सुरु हुनेछ ।
यसअघि मध्याह्न १२ बजेसम्म ओपीडी टिकट खुल्ने गरेकोमा आधा घण्टा थप गरी अब टिकट काउन्टर १२:३० बजेसम्म खुल्ने छ। सोमबारदेखि शुक्रबारसम्म बिदाको दिन बाहेक यो नियम लागू हुने पौडेलले जानकारी दिए। ओपीडी सेवामा परीक्षण भने ९:३० बजेदेखि ३:३० बजेसम्म हुनेछ।
अस्पतालले आइतबार सार्वजनिक बिदाको दिन पनि निजी अस्पतालको तुलनामा कम शुल्कमा बिहान ९:३० देखि दिउँसो १ बजेसम्म बिरामीलाई ओपीडीमा परीक्षण गर्ने व्यवस्था मिलाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।