• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २१, २०८३ Wed, Oct 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

पूर्वाधारमा मात्रै बजेट खन्याउँदैमा अपेक्षित प्रतिफल आउँदैन : अर्थविद् वाग्ले

64x64
रासस आइतबार, जेठ ८, २०७९  १८:२१
1140x725

काठमाडौं- मुलुकको पद्धति र प्रणालीगत सुधार नभएसम्म नागरिकले सोचेको जस्तो विकास देख्न नसक्ने काठमाडौंमा आयोजित एक कार्यक्रममा औँल्याइएको छ।

अर्थविज्ञ डा स्वर्णिम वाग्लेको ‘अतृप्त अवसर’ पुस्तक विमोचन तथा समसामयिक अर्थ- राजनीतिक विमर्शमा सहभागी समाजशास्त्री, अर्थविज्ञ तथा राजनीतिज्ञले उक्त कुरामा जोड दिएका हुन्। 

राष्ट्रिय योजना आयोगका पूर्वसदस्य समाजशास्त्री उषा झाले नेपालमा सबै कुरा ठीक भए पनि ‘प्रणाली’ नरहेको बताइन्।  

मुलुकलाई दीगो विकासतर्फ लैजाने हो भने नागरिकलाई अगाडि राखेर हेर्नुपर्नेमा उनको जोड थियो। पाँच वर्षको काम सोचेर योजना बनाउँदैमा विकास नहुने तर्क गर्दै उनले भनिन्, 'बढ्नुपर्छ, पाँच वर्षको योजनाले मुलुकमा दीगो विकास हुन्न, कम्तिमा २५ वर्षको योजना निर्माण गर्नुपर्छ, त्यो गरेन भने पुस्तकको शीर्षक जस्तै विकासमा जहिले पनि अतृप्त अवसर रहिरहन्छ।'

समाजशास्त्री झाले थपिन्, 'सरकार जस्तो सुकै आओस् चलिरहेको कुरामा कहाँ अतृप्त अवसर छन् त्यसमा उसले थप्नसक्छ, तर योजना २५ वर्षको बनाएर कार्यान्वयन गर्नुपर्छ।' उनले शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षामा ध्यान दिनसके आर्थिक विकास र मानव संशाधन विकासमा सघाउ पुग्ने बताइन्। उनले नीति निर्माणका हिसाबले नेपाल धनी रहेको तर त्यो कागजमै सीमित रहेको जिकिर गरिन्। 

पुस्तकका लेखक अर्थविज्ञ डा स्वर्णिम वाग्लेले विगतमा नेकपाको सरकारसँग धेरे अवसर हुँदाहुँदै काम गर्न नसकेको टिप्पणी गर्दै कुर्सीमा जाने मात्रै होइन विकासको खाका पहिलेदेखि नै तयार गरेर राजनीतिक पार्टीले काम गर्नुपर्नेमा जोड दिए। 

'नेकपाको सरकारले त्यसबेला सुरुको वर्ष स्थिरताका सवालमा केही राम्रा कुरा गरेको हो। अर्को वर्ष असाधारण अवसरमा उपलब्धि औषत भयो, मैले मेरो किताबमा उल्लेख गरेको छु, तेस्रो वर्ष अस्थिरताले काम भएन, सबै क्षेत्रमा धावा बोल्ने काम मात्रै भयो', उनले भने। 

दलहरुमा के गर्ने भनेर पूर्वतयारी नै हुन्न। यसका लागि फराकिलो टिम चाहिन्छ, त्यो हुन सकेन यस्ता कमजोरीबाट अब सिक्नुपर्छ, आउँदो सरकार जोगिनुपर्छ, उनले सुझावात्मक टिप्पणी गरे। 

Ncell 2
Ncell 2
nimb
nimb

वाग्लेले कुर्सी मात्रै जोगाएर केही नहुने भएकाले नीतिगत सुनिश्चितता, पद्धति र प्रणालीगत सुधार जरुरी रहेको बताए। 

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष वाग्लेले शक्ति पृथकीकरणमा राजनीति हावी हुँदै गएको महसुस भएको बताउँदै नागरिक समाजबाट संरचनामा पुनःमूल्याङ्कन गर्न जरुरी रहेको बताए। 

उनले राजनीति सङ्लो नभई मुलुक विकासतर्फ अघि नबढ्ने जिकिर पनि गरे। वाग्लेले पूर्वाधारमा मात्रै बजेट खन्याउँदैमा अपेक्षित प्रतिफल नआउने दाबी गरे। 

बहसमा भाग लिँदै नेपाली कांग्रेसका महामन्त्री गगन थापाले दलमा तयारी नपुग्दा सरकारमा पुगेपछि कसरी कुर्सी जोगाउने र कसरी सरकार बदल्ने भन्ने खेलमा मात्रै ध्यान पुग्ने गरेको उल्लेख गरे। दलहरु सच्चिनुपर्ने स्वीकार गर्दै नेता थापाले कांग्रेसले त्यो अभ्यास सुरु गरिसकेको पनि बताए। त्यसको पहिलो काम सदस्यता वितरण प्रणालीबाटै सुरु भएको थापाले तर्क प्रस्तुत गरे। 

Xtrem

Xtrem

विगतमा सरकारले गरेका राम्रा र नराम्रा कामबाट सिक्दै अघि बढ्ने उनले प्रतिबद्धता जनाए। 'अब पाँच वर्ष अवसर पाउँदा हामी हरेक वर्ष यो यो काम गर्ने भन्ने तयारीका साथ जानेछौँ, विधागत रुपमा आएका मान्छेहरुको सहयोग लिनेछौँ', थापाले योजना सुनाए। 

उनले सरकार गठन हुँदैमा सबै काम गर्न नसक्ने बताउँदै त्यसमा सबै नागरिकको उत्तिकै जिम्मेवारी रहने बताए। थापाले भने, 'अहिलेसम्म कुनै पनि राजनीतिक दलभित्र सरकारमा कसरी पुग्ने भन्ने मात्रै तयारी छ, त्यसपछि के गर्ने भन्ने तयारी शून्य छ, त्यसलाई बदल्न सक्नुपर्छ ।' उनले कांग्रेसले पार्टीको सदस्य प्रणालीलाई सुधार्नुपर्छ भनेर काम शुरु गरिसकेको बताए। 

'कुनै पनि अजेण्डाका साथ म कांग्रेसबाट चुनाव लड्छु भनेर कोही आयो भने, उसले लड्न पाउने गरी व्यवस्था आओस् भन्ने कोसिस हाम्रो छ', उनले भने।

प्रकाशित मिति: आइतबार, जेठ ८, २०७९  १८:२१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रासस
लेखकबाट थप
दूधमा आत्मनिर्भर काभ्रेः ७० प्रतिशत आपूर्ति अन्यत्र जिल्लामा
पर्याप्त सिचाइँ सुविधा नहुँदा गण्डकीमा अपेक्षित रोपाइँ हुन सकेन
सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबरका भन्सार छलीका सामान बरामद
सम्बन्धित सामग्री
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ... मंगलबार, असोज २०, २०८३
घट्यो सुनको मूल्य आइतबारको तुलनामा सोमबार छापावाल सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार, असोज १९, २०८३
राष्ट्र बैंकले ३० करोड थान २ रुपैयाँका सिक्का टकमारी गर्ने नेपाल राष्ट्र बैंकले २ रुपैयाँ दरका ३० करोड थान चल्तीका सिक्का टकमारी गरी आपूर्ति गर्न अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ। राष्ट... सोमबार, असोज १९, २०८३
ताजा समाचारसबै
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक मंगलबार, असोज २०, २०८३
जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल मंगलबार, असोज २०, २०८३
सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस मंगलबार, असोज २०, २०८३
कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध मंगलबार, असोज २०, २०८३
काँग्रेस सभापतिमा उम्मेदवारी दिँदै राठौरले भने : ‘पार्टी ठिक ढंगले चलेको छैन, अनुशासित र मर्यादित बनाउँछु’ मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
यस्तो छ कांग्रेस निर्वाचन कार्यतालिका, मतदान कहाँ-कहाँ? सोमबार, असोज १९, २०८३
प्रधानमन्त्री बालेन शाहको दावी ‘ कांग्रेसले २०१५ सालदेखि घोषणा पत्रमा लेख्यो, हामीले लालपुर्जा वितरण सुरु गर्‍यौं ’ सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्