• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असार १२, २०८३ Fri, Jun 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

माइतीघरमा माग : हदम्याद खारेज गर, कानुन व्यवसायी भन्छन्– हदम्याद लाग्दैन 

64x64
धनु विश्वकर्मा शनिबार, जेठ ७, २०७९  १६:०८
1140x725

काठमाडौं– शनिबार माइतीघर मण्डलमा चर्को घामको प्रवाह नगरेर कालो फेटा र हातमा पर्चा समातेर युवाहरू आन्दोलनमा उत्रिए। उनीहरू हालै सार्वजनिक भएको ८ वर्षअघिको एउटा घटनाकी पीडितलाई न्याय दिनुपर्ने मागसहित आन्दोलनमा उत्रिएका थिए।  

संसद् घेरौं हदम्यादको कानुन बदलौं, बलात्कारीलाई सजाय दे, हिंस्रकहरू होसियार!, यस्तो थिति चाहिँदैन, नलडी हक पाइँदैन!, पुँजीवादी पितृसत्ता मुर्दावाद!, महिला शरीरको वस्तुकरण बन्द गर!, सुन्दरी प्रतियोगिता खारेज गर!, लड्न जुटौं, जितका लागि जुटौं! लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर उनीहरूले विरोध प्रदर्शन गरे। 

के हो घटना? 
८ वर्ष पहिले एउटा सौन्दर्य प्रतियोगितामा आफूमाथि यौनहिंसा भएको दाबी गर्दै एक युवतीले हालै भिडियो सार्वजनिक गरेकी थिइन्। सन् २०१४ मा भएको सौन्दर्य प्रतियोगितामा आफूमाथि यौन हिंसा भएको भन्दै सामाजिक सञ्जाल टिकटकमा २० वटा भिडियो सार्वजनिक गरेकी थिइन्। उनले कार्यक्रमका आयोजकमध्येका एक जनाले आफूलाई जबरजस्ती करणीसमेत गरेको आरोप लगाएकी छिन्।

कार्यक्रम सकिएपछि एभरेस्ट होटलमा भएको पार्टीमा आफूमाथि हिंसा भएको उनको दाबी छ। उक्त भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालदेखि मिडियासम्ममा सौन्दर्य प्रतियोगितामा भएको हिंसाको घटनाबारे चर्चा सुरु भएको छ। उनले आफूले पटकपटक यौनहिंसा खेपेको दाबी गर्दै २० वटा भागमा भिडियो सार्वजनिक गरेकी छन्। 

सामाजिक सञ्जालमा चौतर्फी यसको बहस सुरु भएको छ। हदम्याद नाघिसकेको हुँदा पीडितले न्याय नपाउने कानुनमा देखिएपछि विभिन्न ठाउँमा न्यायको जनदबाबको लागि प्रदर्शन सुरु भएको छ। 

के भन्छन् प्रदर्शनकारी? 
हिजो शुक्रबार युवाहरूले बालुटावार घेरे। त्यस्तै, शनिबार माइतीघर मण्डलमा प्रदर्शन गरेका छन्। कानुनमा भएको हदम्यादलाई हटाउन र पीडितलाई न्याय दिनका लागि देशका अरु ठाउँमा पनि प्रदर्शन सुरु भएका छन्। 

राजनीतिकर्मी उषाकिरण तिमिल्सेना गम्भीर किसिमका घटनालाई न्याय दिनुपर्ने मत राख्छिन्। ‘अहिले जसरी हदम्यादको कुरा आएको छ। हदम्यादले पीडितलाई अन्यायमा पारेको छ। यसरी त कुनै पनि पीडित बोल्ने छैनन्। यस्ता घटना राजनीतिक दल पनि गम्भीर बन्नुपर्छ। चाहे त्यो कानुन संशोधन गरेर हुन्छ वा ऐन बनाएर हुन्छ। राज्य नै पीडितको संरक्षक बन्नुपर्छ’, उनले भनिन्, ‘नत्र यस्ता खालका घटना समाजमा मौलाउँदै जाने हो भने साना छोरी र सिंगो महिलाका पीडा दबाउने पक्कै छ।’

nimb
nimb
Ncell 2
Ncell 2

त्यस्तै, प्रदर्शनकारी मनोज पुरी भने नेपालको कानुन बलात्कार र यौन हिंसाका लागि  पर्याप्त नरहेको बताउँछन्। यो परिवर्तन हुन जरुरी रहेको उनी बताउँछन्। 

‘अहिलेको जुन कानुन छ, त्यो एकदम कम छ। यसले गर्दा पीडकलाई पृष्ठपोषण भएको छ। कानुनमा परिर्वतन र हदम्यादमा जुन एक वर्ष तोकिएको त्यसलाई हटाउनुपर्छ’, उनले थपे।

राजनीतिकर्मी रञ्जु दर्शना पनि यो हदम्यादलाई हटाउनुपर्ने बताउँछिन्। पीडितले जहिले पनि बोल्न सक्ने भन्दै त्यही अनुसार न्याय दिनुपर्ने बताइन्। ‘कानुन संशोधन गरेर यसमा फास्ट ट्रयाकको व्यवस्थाको कुरा उठेको ८/१० वर्ष भइसकेको छ। तर, यो कुरा मौन छ। अहिलेको कानुनले पीडितले यो समयमा भन्नुपर्छ भनेर पीडितलाई अन्याय गरेको छ’, उनले भनिन्, ‘कानुन नागरिकको सहजताका लागि हुनुपर्छ। नागरिकलाई असहज हुने कानुन संशोधन हुन जरुरी छ। त्यसैले यो कुनै महिलासँगको मात्र कुरा होइन। पीडित पुरुष पनि हुन सक्छ वा अन्य पनि हुनसक्छ।’ अहिलेकी युवतीले एक प्रतिनिधि पात्र मात्र भएको उनको भनाइ छ।

स्वास्थ्यकर्मी पुजा तामाङले पीडित युवतीको भिडियो हेरेपछि निदाउन नसकेको बताएकी छन्। उनले ब्युटी प्याजनमा गएको युवतीलाई ग्यालमर फिल्डको फाइदा उठाउँदै जघन्य अपराध भएको बताएकी छन्। यस्ता खालका घटनाले गर्दा घरबाहिर एक्लै हिँड्न मुस्किल भएको उनको चिन्ता छ। दोषीलाई कानुनी कठघरामा ल्याएर कडाभन्दा कडा सजाय दिनुपर्ने उनको माग छ।  महिला हिंसा जुनसुकै क्षेत्रमा हुने गरेको उनको भनाइ छ। उनले मनोरञ्जन क्षेत्रजस्तै अरु क्षेत्रमा हुने गरेको बताएकी छन्। तर, अरु क्षेत्रको घटना बाहिर नआएको उनले बताइन्। 

के भन्छन् कानुन व्यवसायी? 
कानुनमा भएको हदम्याद खारेज गर्नुपर्ने माग उठिरहँदा महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सञ्जिवराज रेग्मी भने पीडित वा पीडित परिवारलाई उजुरी दिन कुनै हदम्याद नभएको बताउँछन्। उनले सर्वोच्च अदालतका विभिन्न फैसलाहरूले पनि उजुरीका लागि बलात्कारजस्तो गम्भीर र संवेदनशील मुद्दामा हदम्याद भनेर अपराध अनुसन्धान रोक्न निमल्ने व्यवस्था गरेको उनले स्मरण गरे।

अधिवक्ता मीरा ढुंगानाले पनि यो मुद्दा अघि बढ्ने आधार भएको तर्क गर्छिन्। लामो समयदेखि महिला अधिकारको पक्षमा वकालत गर्दै आएकी उनले यस्ता मुद्दाको वादी पक्ष नेपाल सरकार हुने र नेपाल सरकारले भर्खर मात्र थाहा पाएकाले अघि बढाउन कुनै बाधा नहुने बताइन्। 

उनले हदम्यादको कुरा वादीले थाहा पाएपछि मात्र हुने सर्वोच्च अदालतकै फैसलामा उल्लेख भएकाले कुनै समस्या नरहेको बताइन्। ‘यो प्रकरणमा अनुसन्धान अघि बढाउने एउटा आधार छ। यही आधारमा गर्न सकिन्छ’, उनले भनिन्, ‘बलात्कार मुद्दाको पनि वादी नेपाल सरकार हो। सरकारले भर्खर थाहा पायो।’ उनले प्रहरी प्रतिवेदनले घटनाको बारेमा विस्तृत प्रतिवेदन तयार गर्ने अनि त्यसैको आधारमा मुद्दा अघि बढाउनुपर्ने बताइन्।

प्रकाशित मिति: शनिबार, जेठ ७, २०७९  १६:०८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
धनु विश्वकर्मा
लेखकबाट थप
तिज : सतिप्रथाको एक अवशेष!
बीपीको रोजाइ लिलाबाबु, सुवर्णको हिमालय शमशेर!
अनलाइन सपिङका नाममा ठगी:  देखाउने एउटा, बिक्री अर्कै
सम्बन्धित सामग्री
आज ग्याल्पो ल्होसार, विभिन्न कार्यक्रम गरी मनाइँदै पर्वको अवसरमा शेर्पा समुदायमा आफ्नो गाउँघर, टोलमा रहेका बाटोघाटो तथा पानीका मूलहरूको सरसरफाइ गर्ने, नौ प्रकारको अन्न मिसाइएको परिकार... बुधबार, फागुन ६, २०८२
माघे सङ्क्रान्ति जस्ता पर्वले मेलमिलापको भावना अभिवृद्धि गर्न मद्दत पुग्ने राष्ट्रपतिको विश्वास माघे सङ्क्रान्ति एवम् माघी पर्व, २०८२ का अवसरमा आज स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र... बिहीबार, माघ १, २०८२
आज तमु ल्होसार पर्व मनाइँदै, सार्वजनिक बिदा ल्हो को अर्थ ‘वर्ष’ र ‘सार’को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । मंगलबार, पुस १५, २०८२
ताजा समाचारसबै
रास्वपा केन्द्रीय सदस्यमा स्वर्णिमलाई सर्वाधिक मत बिहीबार, असार ११, २०८३
रास्वपा केन्द्रीय सदस्यको मतपरिणाम सार्वजनिक हुँदै बिहीबार, असार ११, २०८३
यस्तो छ प्रतिनिधि सभाको शुक्रबारको बैठकका लागि सम्भावित कार्यसूची बिहीबार, असार ११, २०८३
सरकारले विकल्प नदिए पुरानै ठाउँमा फर्किने सुकुम्वासीको चेतावनी बिहीबार, असार ११, २०८३
रास्वपाको महामन्त्रीमा ५ जना दाबेदार बिहीबार, असार ११, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रास्वपाको महामन्त्रीमा ५ जना दाबेदार बिहीबार, असार ११, २०८३
टेम्पो भिरबाट खसालेको घटनामा पीडित धनादेवीलाई ५ लाख क्षतिपूर्ति बुधबार, असार १०, २०८३
विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाऊ आदेश बिहीबार, असार ११, २०८३
सुनचाँदीको मूल्य घट्यो बिहीबार, असार ११, २०८३
व्यवस्थापकीय कमजोरीप्रति लज्जित छौँ : मनिष झा बिहीबार, असार ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
गृहमन्त्रीले खाएको अम्लेटमा माछाको काँडा भेटिएपछि कुक र होटेल म्यानेजर नियन्त्रणमा, जरिवानापछि रिहा गरिँदै मंगलबार, असार ९, २०८३
रास्वपा महाधिवेशन : डीपीलाई 'मिस गरिरहेको' चितवन सोमबार, असार ८, २०८३
अर्थमन्त्रीलाई हर्क साम्पाङले निमित्त प्रधानमन्त्रीज्यू भनेपछि.... बिहीबार, असार ४, २०८३
यि हुन मन्त्रिपरिषद् बैठकका निर्णय शुक्रबार, असार ५, २०८३
एमाले उपाध्यक्ष पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धानमा पक्राउ सोमबार, असार ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्