चितवन- हावाहुरीले रूख र बिजुलीको पोल ढल्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ। इच्छाकामना गाउँपलिका–५ पानीधारस्थित सडकमा रूख ढालेर दुईतर्फी सडक अवरुद्ध भएको हो।
रूख ढलेको सूचना पाउनासाथ अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीको सहयोगमा बाटो खुलाउने काम सुरु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले जानकारी दिए।
ढलेको पोल उठाउन विद्युत् प्राधिकरणको कार्यालयबाट समेत कर्मचारी जाँदै गरेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।