बेनी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा गए राति भएको ट्रक दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।
निलगिरिखोला जलविद्युत् आयोजनामा सिमेन्ट पुर्याएर फर्कंदै गरेको ग२ख ६५८ नंको ट्रक दुर्घटना हुँदा सवारीधनी र चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ दोवाका ४३ वर्षीय खुमबहादुर राम्जाली र मकवानपुर गोगनी–४ का ३४ वर्षीय सन्तबहादुर तितुङको मृत्यु भएको प्रहरी निरीक्षक राजन ढकालले जानकारी दिए। राम्जाली सवारी धनी र तितुङ चालक हुन्।
घटनास्थलबाट उद्धार गरेर बेनी अस्पतालमा ल्याउँदा चिकित्सकले उनीहरूलाई मृत घोषणा गरेका थिए। शव परीक्षणका लागि बेनी अस्पतालमा राखिएको प्रहरीले जनाएको छ।
प्रहरी घटनास्थलमा पुगेर थप अनुसन्धान सुरु गरेको छ। सडकबाट करिब ६० मिटर तल खसेर ट्रक दुर्घटना भएको थियो। नारच्याङमा निलगिरिखोला हाइड्रोपावरले ११० मेगावाट क्षमताको निलगिरिखोला र निलगिरिखोला क्यासकेट जलविद्युत् आयोजना निर्माण गरिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।