काठमाडौं– सत्ता गठबन्धनले मंगलबार ललितपुर र डडेलधुरामा चुनावी सभा गर्दैछ।
यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर सत्ता गठबन्धनले देशका विभिन्न क्षेत्रमा चुनावी सभा गरिरहेको छ। प्रचारप्रसारको अन्तिम दिन मंगलबार ललितपुर र डडेलधुरामा चुनावी सभा गर्न लागेको हो।
ललतिपुरमा हुने चुनावी सभालाई गठबन्धनका शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। ललितपुर महानगरपालिकामा सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नेता चिरिबाबु महर्जन प्रमखको प्रत्यासी छन्।
त्यस्तै, सुदूरपश्चिमको डडेल्धुरामा चुनावी सभा हुने चुनावी सभालाई प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल लगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।