काठमाडौं- नेकपा (एमाले)ले मंगलबार काठमाडौंको भृकुटीमण्डपमा स्थानीय तह निर्वाचनकेन्द्रित अन्तिम सभा गर्ने भएको छ।
स्थानीय तह निर्वाचनकेन्द्रित अन्तिम सभालाई नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
‘नेकपा (एमाले)ले आज गर्ने सभा स्थानीय तह निर्वाचनकेन्द्रित अन्तिम सभा हो,’ काठमाडौं जिल्ला कमिटी सचिव राजेश शाक्यले भने,‘देशभरी नै सन्देश दिने उद्देश्यले काठमाडौंमा अन्तिम चुनावी सभा गर्न लागेका हौँ।’
मंगलबारको सभामा काठमाडौं महानगरपालिकासहित काठमाडौं जिल्लाका ११वटै पालिकाका एमाले तर्फका उम्मेदवार आ–आफ्नो पालिकाको जुलुस र झाँकीसहित दिउँसो २ बजे भृकुटी मण्डपमा भेला हुने पनि शाक्यले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।