काठमाडौं- गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ।
सोमबार निर्वाचन आयोगले पोखरेलका बारेमा सञ्चार माध्यममा प्रकाशन भएका समाचार 'सरकारी गाडी चढेर कांग्रेसको कार्यक्रममा गण्डकीका मुख्मन्त्री र मन्त्री' भन्ने समाचारप्रति आयोगको ध्यानाकर्षण भएको जनाएको छ।
निर्वाचन आचार संहिताअनुसार प्रदेश सरकार मुख्यमनत्री वा मन्त्रीले आफैं उम्मेदवार भएको अवस्थामा बाहेक कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचार प्रसारमा संलग्न हुन वा प्रचार प्रसार गर्न नहुने व्यवस्था रहेको जानकारी गराउँदै आयोगले उनलाई तीन दिनभित्र आयोगमा प्रापत हुने गरी स्पष्ट जवाफ पेस गर्न आयोगले निर्देशन दिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।