काठमाडौं–पूर्वसभामुख दमननाथ ढुंगानाले राजनीतिक दलहरुले निर्वाचनको निष्पक्षतामा ध्यान नदिएको बताएका छन्।
सोमबार राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति(नियोक)ले काठमाडौंमा गरेको ‘निर्वाचन पर्यवेक्षणका सुझाव कार्यान्वयन र सरोकारवालाको भूमिका’ विषयक सम्वाद कार्यक्रममा बोल्दै ढुंगानाले राजनीतिक दलहरुले निर्वाचनको निष्पक्षतामा ध्यान नदिएको बताएका हुन्।
उनले अहिलेको निर्वाचनबाट जनताले चाहेका प्रतिनिधि आउन गाह्रो पर्ने बताए। निर्वाचन निष्पक्ष बनाउन राजनीतिक दलको भूमिका महत्वपूर्ण हुने बताउँदै उनले त्यसका लागि दल र निर्वाचन आयोगले हातेमालो गर्नुपर्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।