काठमाडौं- नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एमालेले जितेमा केपी शर्मा ओलीले फेरि संसद भंग गर्दिन सक्ने भन्दै एमालेलाई सरकारमा ल्याउन नहुने बताएका छन्।
सोमबार कैलालीको धनगढीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै देउवाले यस्तो बताएका हुन्।
‘विरोध गर्ने बितिक्कै संसद विघटन गर्न मिल्छ। संसद विघटन गर्नै पाइँदैन। जबरजस्ती भंग गर्नुभयो।
दुई तिहाइ बहुमत आए पनि संसद भंग गरिहाल्ने फिर्ता ल्याए पनि चल्न नदिने प्रवृत्ति छ,’देउवाले भने,‘त्यस कारण एमालेलाई जिताएर के फेरि संसद भंग गर्ने हो र। ओली जीको पार्टी ल्याउनु भनेको संसद भंग गराउनु हो। त्यस्तो पार्टीलाई सरकारमा फेरि ल्याउनु हुँदैन।’
एमालेले जितेको खण्डमा ओलीले त्यही गर्ने भन्दै अहिलेको अवस्था भनेको संसद भंग हुनबाट मुक्त गर्नका लागि पनि एमालेले जित्न नहुने उनले बताए। ‘हामीले जित्यौं भने संसद भंग पनि गर्दैनौं। विकास निर्माण गर्छौं,’उनले भने,‘ओलीजी त भोलि स्थानीय सरकारलाई भंग गर्दिन सक्छन्। प्रदेश सरकार भंग गर्दिन्छु भनेकै थिए।’
उनले विकास र सम्बृद्धिका लागि पाँच दल मिलेर सरकार निर्माण गरेको भन्दै अब पनि गठबन्धनको सरकार निर्माण हुनु जरुरी रहेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।