काठमाडौं- निर्वाचन आयोगले सरकारी समाचारपत्र गोरखापत्र दैनिकलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ।
सोमबार आयोगले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता शालिकराम पौडेलले प्रधानमन्त्री शेरबहादुर देउवाको समाचार र भरतपुरकी उम्मेदवार रेनु दाहालको अन्तर्वार्ता छापेर आचारसंहिता उल्लंघन गरेको अभियोगमा स्पष्टीकरण सोधेको हो।
भरतपुरमा बागीको उम्मेदवारको प्रभाव न्यून शीर्षकमा अन्तर्वार्ता छापिएको प्रति २४ घन्टाभित्र स्पष्टीकरण सोधेको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।