काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालप्रति लक्षित गर्दै १५ वर्ष पार्टी प्रमुख भएर रस चुस्यो उसैले सक्न खोजेको भन्दै आलोचना गरेका छन्।
सोमबार पोखरामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ओलीले वैशाख ३० को परिणामले को समाप्त हुन्छ भन्ने देखिने बताए।
‘एमालेमा १५ वर्ष रस चुसेका अहिले एमाले सिद्धाउन लागेका छन्। केपी ओली समाप्त भए रे ? ’ उनले भने ‘उनीहरु हलक्क बढेका हुन रे। वैशाख ३० गतेको परिणाम आएपछि देशमा को सकिन्छ जनताको परिणामले बताउँछ।’
ओलीले नेपाली कांग्रेसकी नेतृ आरजु राणाप्रति लक्षित गर्दै मलेसिया पठाइदिन्छु भनेर भित्र भित्रै म्यानपावर खोलेर फाइदाको काम गरेको आरोप लगाए।
तर एमाले सरकारमा आएपछि सवैलाई नेपालमै रोजगारी दिने उनले दाबी थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।