काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धन झाँडीमा जन्मिएको टिप्पणी गरेका छन्।
पोखरामा चुनावी सभालाई सम्बोधन गर्दै उनले गठबन्धनको कडा आलोचना गरे। ‘पाँचदलीय गठबन्धन देशको कलंक, संविधान र लोकतन्त्रको कलंक हो,’ उनले भने, ‘सरकारको नामको कलंक हो। संसदले सरकार बनाउँछ यो झाडीमा जन्मिएको परमादेशबाट आएको गठबन्धन हो।’
उनले कहाँबाट आएको हो भन्नेसमेत थाहा नभएको भन्दै जनताले यस्तो गठबन्धनलाई साथ नदिने बताए। उनले धाँधलीबाट परिणाम तलमाथि पार्न सक्ने भन्दै त्यसका लागि सचेत हुन कार्यकर्तालाई निर्देशनसमेत दिए।
‘स्वच्छ, भयरहीत र निष्पक्ष चुनाव हुनुपर्छ। सेना, प्रहरी प्रशासन र निर्वाचनमा खटिने कर्मचारीहरु र निर्वाचन आयोगले भयरहीत वातावरणमा निष्पक्ष रुपमा चुनाव गराउनुपर्छ,’ उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।